शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

खेल भवन निर्माणका लागि अमेरिकामा म्युजिक फेस्टिभल

शुक्रबार, २९ असार २०७५, १३ : १४
शुक्रबार, २९ असार २०७५

काठमाडौं –अमेरिकामा नेपाली म्युजीक फेस्टिभल–२०१८ हुने भएको छ । पोखरामा कराँते प्रशिक्षण भवन निर्माणार्थ सहयोग जुटाउने उद्देश्यले हिमालयन फाउन्डेशन कर्पले सो फेस्टिभवल आयोजना गर्न लागेको हो । 

जुलाई १४ अर्थात् ३० असारमा सनफ्रान्सिस्को स्थिति ओकल्याण्ड मेट्रो ओपेरा हाउसमा हुने फेस्टिवलमा चर्चित गायिका अन्जु पन्त र गायक राजु लामाका साथ द एक्स ब्याण्डले गीत सुनाउने आयोजक हिमालयन फाउन्डेशनका संस्थापक अध्यक्ष यज्ञलाल श्रेष्ठले जानकारी दिए ।

लामो समयदेखि अमेरिकामा बस्दै आएका यज्ञलालले समाजसेवा गर्ने हेतुले सन् २००६ मा हिमालयन फाउन्डेशन स्थापना गरेका हुन् । फाउन्डेशनले अमेरिका शहरहरुमा च्यारिटी शो गरी संकलन गरेको रकम नेपालका बिभिन्न स्थानमा स्कूल पुनःनिर्माण, लाइब्रेरी निर्माण, भुकम्पपीडित तथा असहायलाई सहयोग गर्ने गरेको छ । 

केही समयदेखि अमेरिका भ्रमणमा रहेकी अन्जुले कन्सर्टमा आफ्ना दर्जन बढी चर्चित गीत गाउने छिन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप