शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

टेलिभिजन कार्यक्रम अन्ताक्षरीमा प्रेमी भेटेँ– गायिका टीका प्रसार्इं

शुक्रबार, २९ असार २०७५, १३ : ०६
शुक्रबार, २९ असार २०७५

करिब १२ वर्षदेखि सङ्गीतिक क्षेत्रमा क्रियाशील छिन् गायिका टीका प्रसाईं । यो क्षेत्रबाट उनलाई नाम र दाम दुवै मिलेको छ । स्वदेश गान, आधुनिक, लोक, चलचित्रलगायतका थुप्रै प्रकारका गीतमा आवाज दिइसकेकी उनलाई भर्सनटायल गायिका भन्दा पनि फरक पर्दैन । तर उनी भने आफूलाई बामे सर्दै गरेकी गायिका भन्न रुचाउँछिन् । भन्छिन्, ‘गायनमा सिक्न र गर्न अझै धेरै बाँकी छ । ‘बिर्तामोडैमा’, ‘बीचबाटो’, ‘सेल्फीको जमाना’लगायत थुप्रै गीत, गजल चर्चित छन् । झापाको तोपगाछीमा जन्मिएकी टीकाले साङ्गीतिक कर्मथलो राजधानी बनाउँदै आएकी छन् । रामकृष्ण ढकाल र बलिउड गायक अजित सिंहसँग गाउँने रहर भएको बताउने प्रसाईंलाई रातोपाटीका दश प्रश्न ।

अचेल गायिकालाई नै मोडलिङमा देख्न सकिन्छ नि ?
– मैले त अहिलेसम्म मोडलिङ गरेकी छैन । भिडियोमा लिब्सिङ मात्र दिने गरेकी छु । भर्खर मेरो ‘म त नाच्ने हो’ बोलको तीज गीत बजारमा आएको छ । यो गीतमा हल्का देखिएकी छु । पछिल्लो समय गायिका मोडलिङमा देखिनु समयको माग हो । समयअनुसार गायक गायिका पनि चेन्ज हुनुपर्छ । मोडलिङले दर्शक श्रोतालाई गायिका चिन्न सजिलो हुन्छ । गायनले गीत र नाम मात्र चिनाउँथ्यो भने मोडलिङले व्यक्ति पनि चिनाउन मद्दत गरेको छ । यसलाई सकारात्मक रूपमा लिने गरेकी छु ।

राम्री बनेर हिँड्न मनपर्छ कि, पर्दैन ?
– राम्रो बन्न कसलाई पो मन पर्दैन र ? तर राम्री बन्ने भन्दैमा धेरै मेकअप गरेर हिँड्न रुचाउँदिन म । नक्कल झक्कल पारेर भन्दा पनि समय सुहाउँदो मेकअप गरेर हिँड्ने गरेकी छु । आँखामा गाजल, ओठमा लिपस्टिक र गालामा पाउडर छुटाउँदिन ।

कस्तो फेसन मनपर्छ ?
– क्याजुअल फेसन रुचाउँछु । इभेन्ट र पार्टीका लागि गाउँन र सारी बेस्ट लाग्छ । 

दैनिक रियाज ?
करिब तीन घण्टा रियाज गर्ने गरेकी छु । गायक गायिकाका लागि रियाज अनिवार्य छ ।

मनपर्ने गायक ?
–बलिउड गायक अजित सिंह मनपर्छ । किनभने अजितसँग सबै प्रकारको गीत गाउने क्षमता छ । 

हिरो नि ?
– पहिले राजेश हमाल मनपथ्र्यो । अहिले प्रदीप खड्का मनपर्छ ।

पूरा नभएको सपना ?
– गायनमा लाग्नु, चिनिनु आफ्नो सपना थियो । त्यो पूरा भएको छ । परिवारको सपना मलाई नर्स बनाउने रहेको थियो । गायनमा लागेको कारणले पूरा गर्न सकिनँ । 

प्रेम ?
– प्रेम थियो । जोसँग प्रेम थियो, उसैसँग विवाह गरेँ । मेरो श्रीमान् पनि गायक नै हुनुहुन्छ । नेपाल टेलिभिजनको साङ्गीतिक कार्यक्रम अन्ताक्षरीमा हाम्रो पहिलो भेट भएको थियो । त्यसपछि भेटघाटको क्रम बढ्दै गयो । विवाह गरेको पनि दशक भएको छ । खुसी छौँ ।

सङ्गीतको पहिलो कमाइ ?
– एक कम्पिटिसनमा भाग लिएर ५ हजार पुरस्कार जितेकी थिएँ । सो रकम सङ्गीतमै खर्च गरँे । 

फ्यानले उपहार कति दिन्छन् ?
– देश विदेशका कार्यक्रममा जाँदा फ्यानले धेरै गिफ्ट दिन खोज्छन् । गिफ्ट लिइहाल्न मलाई मन पर्दैन । अब्ठ्यारो लाग्छ । कसैले के दिऊँ भनेर सोध्यो भने पर्दैन भन्छु । तर केही फ्यानले नाइँ भन्दाभन्दा पनि जबर्जस्ती गरेर दिनुहुन्छ । त्यसैले कहिलेकाहीँ फ्यानका गिफ्ट स्वीकार्ने गरेकी छु । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप