बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

आलमको उपचारमा कुनै कसर बाँकी नराख्न प्रधानमन्त्रीको निर्देशन

शुक्रबार, २९ असार २०७५, १३ : ०४
शुक्रबार, २९ असार २०७५

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व राज्यमन्त्री मुस्ताक आलमको स्वास्थ्य अवस्थाको जानकारी लिएका छन् । 

बासवारीस्थित गंगालाल हृदयरोग केन्द्रमा आज पुगेर प्रधानमन्त्री ओलीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेतासमेत रहेका आलमको स्वास्थ्य अवस्थाको जानकारी लिनुभएको उनका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए । 

रौतहटका आलमलाई हृदयघात भएपछि बिहीबार गंगालाल हृदयरोग केन्द्रमा भर्ना गरिएको हो । उनले आलमको उपचारमा संलग्न चिकित्सकलाई भेटेर उपचारमा कुनै कसर बाँकी नराख्न समेत निर्देशन दिएका छन् । 

प्रधानमन्त्री ओलीले आलमको शीघ्र स्वास्थ्य लाभको कामना गदै परिवारका सदस्यलाई पनि आश्वस्त रहन आग्रह गरे ।  आलम गत मंसिरमा भएको संघीय संसद्को निर्वाचनमा रौतहट– २ बाट वाम गठबन्धनको तर्फबाट उम्मेदवार रहेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप