बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

‘कायरा’को ‘सुखमा...’ बोलको पहिलो गीत सार्वजनिक

शुक्रबार, २९ असार २०७५, १३ : ०२
शुक्रबार, २९ असार २०७५

काठमाडौं – अभिनेता आर्यन सिग्देल र अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहको एकसाथ अभिनय रहेको पहिलो चलचित्र ‘कायरा’को ‘सुखमा...’ बोलको पहिलो गीत सार्वजनिक गरिएको  छ । 

रोमान्टिक थिममा तयार गरिएको भिडियो फिलिपिन्सको समुन्द्री किनारमा खिचिएको छ । गीतमा आर्यन, साम्राज्ञीलाई आफ्नो ‘सास’ बन्न अनुरोध गरेको देख्न सकिन्छ । गीतमा दुईको जोडी सुहाउँदो छ । 
गीतमा केतन क्षेत्रीले स्वर, कोशिश क्षत्रीको शब्द तथा संगीत र प्रविण सिंहको कोरियोग्राफी रहेको छ ।

लक्ष्मण रिजालको निर्देशन रहेको ‘कायरा’मा शिशिर राणा, हितेश शर्मा, मरिषा श्रेष्ठ लगायतका कलाकारको पनि अभिनय छ । कोशिश क्षेत्री, अर्जुन पोखरेल र कल्याण सिंहको संगीत रहेको ‘कायरा’का गीतमा प्रविण सिंहले कोरियोग्राफी गरेका छन् ।

राजकुमार भट्ट कार्यकारी निर्माता रहेको ‘कायरा’ मा दिनेश थापा र दिवस पराजुली सह–निर्माताको रुपमा रहेका छन् । १८ साउनबाट चलचित्र प्रदर्शनमा आउँदैछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप