बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

यो साता सेयर बजारमा ५८.४४ प्रतिशत बढी कारोबार

शुक्रबार, २९ असार २०७५, १२ : ४३
शुक्रबार, २९ असार २०७५

काठमाडौं–यो साता (असार २२ देखि २८ गतेसम्म) ५८.४४ प्रतिशत बढी रकमको सेयर कारोबार भएको छ ।

जस अनुसार २४ हजार ३ सय ७० कारोबारबाट दुई अर्ब ११ करोड ८८ लाख आठ हजार रुपैयाँ बराबरका ६१ लाख १२ हजार तीन सय ७० कित्ता सेयरहरु खरिद बिक्री भएका छन् ।

कारोबार रकम गत साताको भन्दा ५८.४४ प्रतिशत बढी हो ।

गत साता १८४ कम्पनीहरुको कारोबार भएको थियो ।

जस अनुसार २० हजार २ सय ८१ कारोबारबाट एक अर्ब ३३ करोड ७३ लाख ३३ हजार रुपैयाँ बराबरका ४२ लाख ५४ हजार पाँच सय ५० कित्ता सेयरहरु खरिद बिक्री भएका थिए ।

यस साता नेपाल स्टक एक्सचेन्जमा १९१ कम्पनीहरुको कारोबार भएको हो । 

साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा ३२.४१ अंकले घटेर अन्तिम दिन ११९१.९८ अंकमा पुगेको छ ।

‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा ६.६८ अंकले  घटेर २५१.०५ अंकमा आईपुगेको हो ।

यस साता कारोबार रकम (१५ करोड २५ लाख रुपैयाँ) को आधारमा एभरेस्ट इन्सुरेन्स कम्पनी अग्रस्थानमा रहेको छ ।

त्यसैगरी कारोबार भएको सेयर संख्या (तीन लाख ९० हजार कित्ता) को आधारमा कुमारी बैंक लिमिटेड संस्थापक अग्रस्थानमा रहेको छ ।

त्यसैगरी कारोबार संख्या (१४४९ वटा) को आधारमा रैरङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड अग्रस्थानमा रहेको छ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप