बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

नयाँ शक्तिमा शहीद तथा बेपत्ता योद्धाका लागि नयाँ विभाग गठन

शुक्रबार, २९ असार २०७५, १२ : ३३
शुक्रबार, २९ असार २०७५

काठमाडौं– नयाँ शक्ति पार्टी, नेपालले शहीद तथा बेपत्ता योद्धा परिवार, घाईते÷अपाङ्ग एवं द्वन्द्व प्रभावित परिवार व्यवस्थापन विभाग गठन गरेको छ । 

राजु नेपालीको संयोजकत्वमा गठन भएकोे ११ सदस्यीय विभागमा कल्पना सुवेदी (सिन्धुली), विरबहादुर तामाङ (धादिङ), दिपक वाग्ले (गोर्खा),  दुर्गाप्रसाद भुसाल (नवलपुर), शारदा घिमिरे (कपिलवस्तु), अमर वली (रुकुम), सिता भण्डारी (कञ्चनपुर) र विभागका कानुनी सल्लाहकारमा अधिवक्ता कृष्णप्रसाद शर्मा (वाग्लुङ्ग) रहेका छन् । 

सो विभागको असार २७ गते बसेको बैठकले देशव्यापी रुपमा सहीद, बेपत्ता, घाईते तथा अपाङ्गहरुको तथ्याङ्क संकलन गरी अभिलेख तयार गर्नेछ । त्यस्तै  उनीहरुका लागि बेग्लै परिचयपत्र बनाई परिचयपत्रका आधारमा स्वास्थ्य, शिक्षा, रोजगारी, जस्ता आधारभुत क्षेत्रमा विशेष छुट, सेवा, सहुलियत र आरक्षण उपलव्ध गराउन राज्यसँग माग गर्ने, अदालतमा चलिरहेको र विचाराधीन अवस्थामा रहेका जनयुद्धकालीन घटना र मुद्दाहरुलाई सत्यनिरुपण तथा मेलमिलाप आयोगको दायरामा ल्याई बृहत शान्ति सम्झौताको मुल मर्म र संक्रमणकालीन न्यायको मान्य सिद्धान्तहरुबमोजिम टुङ्गाउन सरकारलाई दवाव दिने लगायतका अभियानहरु सञ्चालन गर्ने निर्णय गरेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप