काठमाडौंको लाइभ कन्सर्टमा झुल्किए कुमार सानु
काठमाडौं– भारतीय चर्चित गायक कुमारसानु नेपाली श्रोतामाझ प्रस्तुत भएका छन् । स्वेताश्री फाउन्डेसनको सहयोगार्थ दरबारमार्गस्थित होटल याक एण्ड यतिमा उनको ‘लाइभ कन्सर्ट’ आयोजना गरिएको छ ।
रोयल टिजर विस्कीको मुख्य प्रायोजन रहेको कार्यक्रममा गायक सानु ब्याण्डका साथ प्रस्तुत हँुदैछन् । उनलाई नेपाली कलाकारले पनि साथ दिएका छन् ।
नेपालको तर्फबाट रामकृष्ण ढकाल, सुगम पोख्रेल, गायिका देविका बन्दना र समिता घिमिरे लगायतले कार्यक्रममा प्रस्तुति दिएका छन् । कार्यक्रमको मुख्य आकर्षण भने गायक सानु नै रहेका छन् । उनले भारतीय गीत एवम् आफैले गाएका नेपाली गीत प्रस्तुत गर्दैछन् ।
लाइभ कन्सर्टका लागि ५ हजार प्रवेश शुल्क तोकिएको कन्सर्टमा झण्डै १२ सय दर्शक उपस्थित छन् । कार्यक्रम स्वेताश्री फाउन्डेसनको सहयोगार्थ आयोजना भएको हो । फाउन्डेसनले सिन्धुपाल्चोकमा माझी बस्ती निर्माणको थालनी गरेको छ ।
यहि बस्ती निर्माणका लागि आर्थिक सहयोग जुटाउने उदेश्यले कार्यक्रममा आयोजना गरिएको हो । नेपाल र भारतबीच प्रगाढ सम्बन्ध स्थापना र पर्यटन बिकाशका लागि कन्सर्ट गर्न लागिएको आयोजकले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिहारमा जेडीयू नेताको गोली हानी हत्या, के भन्छ प्रहरी ?
-
मिटरमा चल्नै मान्दैनन् पोखराका ट्याक्सी
-
महाधिवेशनको एजेन्डा तय गर्न जसपाको बैठक बस्दै
-
शिल्पी थिएटरमा आजबाट नाटक ‘ए आई’
-
कहिलेदेखि पाइन्छ धरहरा चढ्न ? थपिँदै विवादमाथि विवाद
-
कोरला नाकामा नेपाल र चीनका प्रहरीले गरे पैदल गस्ती (तस्बिरमा हेर्नुहोस्)