बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

फ्राइडे रिलिज : एकसाथ ४ चलचित्र जुध्दै

शुक्रबार, २९ असार २०७५, ११ : १८
शुक्रबार, २९ असार २०७५

काठमाडौँ । चाडपर्व चलचित्र व्यवसायका लागि बिषेश मानिँदै आएको छ । त्यसैले पनि होला यो समय चलचित्र प्रदर्शनका लागि निर्माताहरु सधैँ तछाडमछाड गर्ने गर्दछन् ।

यस्तैमा केही दिन पछि पर्ने साउने सङ्क्रान्तीको छेको पारेर आज शुक्रबारबाट एकसाथ चार चलचित्र प्रदर्शनमा आएका छन् । ति हुन् –‘यो पागल मन’, ‘बाबु कान्छा’, ‘वीराङ्गना’ र ‘बोबी’ । यी सबै चलचित्र देशभर एकसाथ प्रदर्शनमा आएका हुन् । 

‘यो पागल मन’
प्रेमकथामा बनेको यो चलचित्रबाट अभिनेत्री ऋचा सिंह ठकुरी अभिनयमा पुनरागमन गर्दैछिन् । करिब पाँच वर्ष अगाडि बिबाह गरेर अभियबाट टाढा रहेकी ऋचाको अलवा गौरी मल्ल, बिनोद न्यौपाने, राजेश ढुंगाना, एनि कुवर लगायतको अभिनय चलचित्रमा देख्न सकिन्छ । बिनोद र ऋचाको प्रेम चलचित्रको मुख्य बिषय भएको निर्देशक कल्याण अधिकारीले बताए । आफुसँग केही चलचित्र जुध्न आएकोले आफुले धेरै हल नपाएको उनको गुनासो रहेको छ । वीरेन्द्रकुमार यादव र कल्याणले मिलेर निर्माण गरेको यस चलचित्रमा अर्जुन पोखरेलको संगीत र कमल राईको कोरियोग्राफी रहेको छ ।

‘वीराङ्गना’
राजबहादुर सानेको लेखन तथा निर्देशन रहेको ‘वीराङ्गना’ लभस्टोरी एक्सन जनरामा निर्माण भएको छ । अनुप विक्रम शाही, शिल्पा पोखरेल, पृथ्वीराज प्रसाई, प्रज्वल गिरी, सुशील पोखरेल, ध्रुव कोईराला, प्रिया रिजाल, धिरेन शाक्य लगायतको अभिनय चलचित्रमा देख्न सकिन्छ । एक्शन जनरामा बनेको नारी प्रदान बताइएको चलचित्रमा हरिबोल लामाको छायांकन र तारा थापाको सम्पादन छ । बाबुराम दास, श्याम बहादुर थापा, रघु परियार, देव तामाङ र विमला भट्ट निर्माता तथा सुमि चाम्लिङ राई यसको सह निर्माता रहेका छन् ।
 
‘बाबु कान्छा’
अभिनेता सलोन बस्नेतको मुख्य भुमिका रहेको ‘बाबु कान्छा’ लाई उनकै पिता शोभित बस्नेतले निर्माण र निर्देशन गरेका हुन् । उनको अपोजिटमा रियल प्रेमिका करिश्मा श्रेष्ठ छिन् । नीर शाह, सरोज खनाल, राजाराम पौडेल, लय संगौला, ऋतिक शाही, अश्लिन ज्ञवाली, ज्योत्सना महर्जन लगायतको समेत अभिनय रहेको चलचित्रले दर्शक रिझाउने निर्देशक शोभितले बताए । चलचित्रको आज शुक्रबार बिहान बिग मुभिजमा प्रेस सो समेत राखिएको थियो ।

‘बोबी’
रियल जोडी उमेश थापा र कविता गुरुङको बायोपिक चलचत्रि ‘बोबी’ मिलन चाम्सले निर्देशन गरेका हुन् । उमेश र कबिताकै मुख्य अभिनय रहेको चलचित्रमा विजय लामा, रुबी राणा शाह, देशभक्त खनाललगायतका कलाकारको समेत अभिनय देख्न सकिन्छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप