शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

संगठित संस्थाको बर्गीकरण, शेयर लगानीकर्तालाई जोखिमस्तर निर्धारण गर्न सहज

शुक्रबार, २९ असार २०७५, १० : ४९
शुक्रबार, २९ असार २०७५

काठमाडौं–लगानीकर्तालाई संगठित संस्थाको जोखिमस्तर निर्धारण गर्न सहज हुने भएको छ । 

नेपाल धितोपत्र बोर्डले धितोपत्र सूचिकरण तथा कारोबार नियमावली २०७५ मा संगठित संस्थालाई बर्गीकरण गरेको छ ।

 संगठित संस्थाको चुक्तापुँजी, नियम परिपालना, प्रतिफल, क्रेडिट रेटिङ, वार्षिक साधारणसभा सम्पन्न लगायतलाई आधार मानेर ए, बि, जी र जेट गरी चार भागमा बर्गीकरण गरिएको छ । 

अब लगानीकर्ताले वर्ग अनुसार कुनमा कति जोखिम छ भनेर स्तर निर्धारण गर्न सक्नेछन् । 

यस्तै सार्वजनकि निष्काशन भएर बाँडफाँट भएको एक साताभित्र नेप्सेमा सुचिकरण गर्नुपर्ने  भएको छ । 

यसअघि धितोपत्र निष्काशनको तीस दिनभित्र सुचिकरणका लागि आवेदन दिने व्यवस्था भएकोमा अब देखि सातदिन भित्र निवेदन दिनुपर्ने व्यवस्था नेपाल धितोपत्र बोर्डले गरेको छ । 

बोर्डले धितोपत्र सुचिकरण तथा कारोबार नियमावली २०७५ बनाइ लागु गरेको छ । 

यता सेयर सुचिकरणको स्वेच्छिक खारेजी पनि गरिएको छ । तर, स्वेच्छिक खारेजी गर्दा ९० प्रतिशत सेयरधनीको सहमति चाहिन्छ । 

यस्तै स्वेच्छिक खारेजीमा असहमती जनाएका सेयरधनीको सेयर उनीहरुले बिक्रि गर्न चाहेको संस्थाको सञ्चालकले लिनुपर्ने व्यवस्था नियमावलीमा गरिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप