बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

इन्डोनेसियाको तटमा भेटियो १५ मिटर लामो अनौठो जीव

शनिबार, ०६ जेठ २०७४, १४ : ४९
शनिबार, ०६ जेठ २०७४

इन्डोनेसियाको तटमा अनौठो समुद्री जीवको शव देखा परेको छ ।

करिब १५ मिटर लामो जीवको शव मालुकु प्रान्तको सेरम टापुको तटमा स्थानीयहरुले फेला पारेको जकार्ता ग्लोबले बताएको छ ।

मंगलबार राती पहिलो पटक यसलाई देखेका ३७ वर्षीय अश्रुल टुनाकोटाले शुरुमा डुङ्गा भएको सोचेका थिए ।

त्यसयता यो अनौठो जीवलाई हेर्न सयौँ मानिस तटमा पुगेका छन् ।

धेरैले यो ह्वेल वा स्कुइडको गलेको शव हुन सक्ने अनुमान गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप