शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

धान रोप्न गाउँमै भित्रियो आधुनिक प्रविधि, मेसिनले धान रोपेपछि किसान दंग

शनिबार, ३१ असार २०७४, २० : १८
शनिबार, ३१ असार २०७४

गुल्मी– धान रोपाइँ गर्न रोपाहारसमेत नपाई चिन्ता बढिरहेकाबेला गाउँ गाउँमै धान रोप्न आधुनिक प्रविधि भित्रिएको छ । गुल्मीमा पहिलो पटक आधुनिक प्रविधिको मेशिनबाट धान रोपाइँ शुरु भएपछि किसान दंग परेका छन् । धुर्कोट गाउँपालिकामा जिल्लामै पहिलो पटक मेशिनबाट धान रोपाई शुरु गरिएको छ । 

राष्ट्रिय कृषि अनुसन्धान तथा विकास कोषको सहयोग र जनविकास केन्द्र गुल्मीद्वारा संचालित जलवायु परिवर्तनमैत्री कृषि प्रविधि तथा जनउत्थान प्रवद्र्धन कार्यक्रमले सो गाउँपालिकामा धान रोप्ने मेशिन प्रदान गरेको थियो  । उम्मेदवार हुनुअघिसम्म जनविकास केन्द्रको अध्यक्ष रहेका धुर्कोटगाउँपालिकाका नवनिर्वाचित गाउँपालिका अध्यक्ष भुपाल पोखरेलको विशेष पहलमा उक्त मेशिन धुर्कोट गाउँपालिकामा भित्रिएको स्थानीय पत्रकार हुमकान्त पोखरेलले जानकारी दिए । 

बढ्दो जलवायु परिवर्तन अनुकुल धान खेती किसानहरुको आम्दानीमा बृद्धि गर्नको लागि आधुनिक मेसिन धुर्कोट गाउँपालिकामा ल्याउने पहल गरिएको नवनिर्वाचित अध्यक्ष पोखरेलले बताए ।  धुर्कोट गाउँगाउँपालिका वार्ड नम्बर ४ जैसिथोकका  वडाध्यक्ष मानबहादुर कुँवरले मेशिनबाट धान रोपाईँको शनिवार उद्घाटन गरेका थिए । 

धान रोप्ने आधुनिक मेसिन चीनको युनानबाट ल्याइएको र यसले लाइट प्लान्टिङ गरी १ घण्टामा १ रोपनी जग्गामा धान रोप्न सकिने संस्थाका कार्यक्रम संयोजक थानेश्वर भण्डारीले बताए । 

किसानहरुको आय आर्जनमा बृद्धि गर्ने धुर्कोट गाउँपालिकाका वार्ड नम्बर ४ जैसिथोक, वार्ड नम्बर ५ वस्तु र वडा नम्बर ६ धुर्कोट रजस्थल गरी ३ वटा वडामा जनविकास केन्द्रले जलवायु परिवर्तनमैत्री कृषि प्रविधि तथा उत्थान प्रवद्र्धन कार्यक्रम संचालन गरेको छ ।

झण्डै ५० लाखको राष्ट्रिय कृषि अनुसन्धान तथा विकास कोषको झण्डै ५० लाखको आर्थिक सहयोगमा ३ वर्षसम्म कार्यक्रम संचालन गरिने संस्थाले जनाएको छ । तर धान रोप्ने मेशिनको मुल्य भने करिव सवा एक लाख पर्ने र विस्तारै किसान स्वयंले पनि खरिद गरेर धान रोप्न सकिने भएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रेम सुनार
प्रेम सुनार

 सुनार रातोपाटी प्रदेश ५ का विशेष प्रतिनिधि हुन् ।

लेखकबाट थप