केन्द्रीय संस्करण

गरिव घर परिवार परिचयपत्र वितरण शुरु, कपिलबस्तु पुगेर कृषि मन्त्रीले वितरण गरे कार्ड

person access_timeअसार २९, २०७५ chat_bubble_outline0

कपिलबस्तु-सरकारले आजबाट गरिव घर परिवार परिचयपत्र वितरण शुरु गरेको छ । 

कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणी खनालले आज कपिलबस्तुको मायादेवि गाउँपालिकामा -६ डुमरा परिचय पत्र बितरण गरेर यसको शुरुवात गरेका छन् । 

देशका २६ जिल्लामा यस्तो परिचयपत्र बितरण हुँदैछ ।  

बाँकी ५१ जिल्लामा पनि आगामि दुई बर्षमा गरिव परचय पत्र बितरण गर्ने मन्त्रालयले लक्ष्य लिएको छ।

गरिव परिचय पत्र अतिगरिव रातो कार्ड, सामन्य गरिव पहेलो कार्ड र गरिव निलो कार्ड गरेर तीन किसिमका कार्ड बितरण गरिएको छ।

सरकारले पाँच बर्ष अगाडि तथ्याङ्क संकलन गरेर तीन किसिमका गरिव घर परिवार पहिचान गरेको थियो । 

उनीहरुलाई अति गरिव, सामन्य गरिव र गरिव गरेर तीन तहमा विभाजित गरिएको छ । 

पहिलो चरणमा २६ जिल्लाका तीन लाख ९४ हजार गरिव घर परिवारलाई कार्ड वितरण गर्ने सरकारको लक्ष्य छ । 

१२ लाख ५० हजार घर परिवारमा सर्वेक्षण गर्दा ३ लाख ९१ हजार ८३१ घर परिवार गरिबीको रेखा मुनि रहेको देखिएको छ । 

नव विकास सुचकांकका तल रहेका जिल्लाहरुबाट शुरु गरिएको हो ।

बाँकी ५१ जिल्लाका लागि प्रश्नावली तयार भएको छ ।

२६ जिल्लामा वितरण गर्नका लागि पनि बजेटको अभाव छ ।

अहिले जम्मा परिचय पत्र वितरण गर्न ६३ करोडा रुपैयाँ छ, चाहिन्छ ४ अर्व । 

अधिकारीहरुले यस्तो परिचयपत्रले तत्काल केही सुविधा नभएपनि सरकारलाई गरिवमैत्री नीति तथा कार्यक्रम बनाउन सहयोग पुग्ने विश्वास लिएका छन् । 

कतिपयले चाहिँ गरिवलाई परिचयपत्र दिएर सरकारले उनीहरुलाई समाजमा हेर्ने दृष्टिकोण परिवर्तन गर्न थालेको भनेर आलोचना पनि गरेका छन् । 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ