बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

सिन्धुपाल्चोकको खनालथोकका १२ घर उच्च जोखिममा

शुक्रबार, २९ असार २०७५, ०९ : ४८
शुक्रबार, २९ असार २०७५

चौतारा - अविरल वर्षाले सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–४ स्थित खनालथोकमा–१२ घर उच्च जोखिममा छन् । 

बस्तीको तलमाथि दुवैतिरबाट सडक खनिएका कारण माथिबाट माटो झरेको र तलबाट माटो बग्ने गरेको हुँदा ती घर उच्च जोखिममा परेको प्रहरीचौकी भोटेचौरले जनाएको छ ।

भूकम्पपीडितले निजी आवास निर्माण गर्ने सामान लान डोजरद्वारा सडक खनेको हुँदा तीन घर आधा पुरिएको दुई घर आधा ढल्केको तथा सात घरसहित १२ घर उच्च जोखिममा परेका छन् ।

स्थानीयवासी रामचन्द्र खनाललगायत १२ घर परिवारले सामान सारिसकेको र उनीहरुलाई सुरक्षित स्थानमा बस्न आग्रह गरिएको प्रहरीले जनाएको छ । 

त्यस्तै मेलम्ची नपा–२ भोटेचौरस्थित जैसी गाउँमा पनि बिहीबार राति एक विश्रामस्थल पुरिएको छ । नगरपालिकाले खनेको चक्रपथको ढुंगा माटो झरेर सञ्चालक परशुराम खतिवडाको टहराको आधा भाग पुरेपछि त्यहाँ सुतिरहेका पाँच परिवार राति नै भागेर ज्यान बचाउन सफल भएको वडा सदस्य नगेन्द्रप्रसाद खतिवडाले जानकारी दिए । 

अविरल वर्षाले अरनिको राजमार्गको बाह्रबीसे–तातोपानी सडकखण्डको दश किलोको दुई तीन स्थानमा माथिबाट पहिरो भरेर सडक अवरुद्ध भएको छ । त्यहाँ आज पनि निरन्तर वर्षा भइरहेकाले पन्छाउन समस्या भइरहेको सीमा प्रहरी कोदारीले जनाएको छ । त्यसै गरी लामोसाँघु–जिरी सडकअन्तर्गत मुढे खण्ड र मेलम्ची–भोताङ सडकखण्डको तिपेनीमा गएको पहिराले सडक अवरुद्ध भएको प्रहरी नायब उपरीक्षक विमल कँडेलले जानकारी दिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप