जासुसी क्यामेराबाट चोरी शिकारमा संलग्न पक्राउ
कञ्चनपुर - शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले जासुसी क्यामेराको सहायताले चोरी शिकारमा संलग्नलाई पक्राउ गर्न थालेको छ ।
चोरी शिकार हुन सक्ने सम्भावित नाकामा क्यामेरा जडान गरी निकुञ्ज कार्यालयले संरक्षित वन्यजन्तु, दुर्लभ जडीबुटी र काठ तस्करी रोक्नका लागि काम अगाडि बढाएको छ । निकुञ्जका विभिन्न ठाउँमा क्यामेरा राखिएका छन् ।
क्यामेराले निगरानी बढाउन थालेपछि चोरी शिकारका घटना न्यूनीकरण गर्न निकै टेवा पुगेको निकुञ्जका कावा मुख्य संरक्षण अधिकृत गोपाल घिमिरेले बताए । “दुई साताअघि मात्रै निकुञ्जको बागफाँटा नजीकको लगरघाट नजीक चोरी शिकारमा संलग्न भीमदत्तनगरपालिका–१९ का लौटन चौधरी र अमरसिंह रानालाई भरुवा बन्दूकसहित पक्राउ गरेका छौँ”, उनले भने, “क्यामेरामा दुवैले लगुना मारेर फकँदै गरेको अवस्थामा देखिएपछि पक्राउ परेका छन् । राति १० बजे दुवै क्यामेरामा देखा परे, सोही आधारमा खोजतलास गर्दा १२ बजे निकुञ्जबाटै दुवैलाई पक्राउ गर्न सक्यौँ ।”
हाल दुवै निकुञ्जको हिरासतमा छन् । क्यामेरा राखिएपछि निकुञ्ज संरक्षण गर्न निकै सहज भएको अधिकृत घिमिरेको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पार्टी एमालेलाई बुझाएर प्रचण्ड राष्ट्रपति बन्छन् : रामकुमार शर्मा, पूर्वमाओवादी नेता
-
दोस्रो सातामा ‘महाजात्रा’
-
स्वास्थ्य सेवा अन्तर्गतका ११ जना अधिृकतलाई बढुवा गर्ने सरकारको निर्णय
-
संसद् अवरोध हटाउन दलहरूबिच छलफल हुन्छ : सभामुख घिमिरे
-
सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिन अध्यक्ष श्रेष्ठको निर्देशन
-
इलाम-२ मा रास्वपाको उम्मेदवारी घोषणा शनिबार