'भ्रष्टाचार, ढिलासुस्ती र काममा लापर्वाही भइरहेको छ'
शुक्रबार, २९ असार २०७५, ०९ : ३८
फलेवास, पर्वत - राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले भ्रष्टाचार र अनियमिततालाई शून्यमा झार्न जनप्रतिनिधिसँग आग्रह गरेका छन् ।
जिल्ला समन्वय समितिको दोस्रो जिल्लासभालाई बिहीबार साँझ सम्बोधन गर्दै तिमिल्सिनाले स्थानीय तहमा केही लोभी पापी मन सक्रिय बन्दै गएको र भ्रष्टाचार, ढिलासुस्ती र काममा लापर्वाही भइरहेको गुनासो आएको बताउँदै नागरिकलाई विनाझण्झट सेवा प्रवाह गर्न, बिचौलियाको अन्त्य गर्न तथा कमिसन त्याग्न आग्रह गरे ।
कार्यक्रममा प्रतिनिधिसभा सदस्य पदम गिरीले पाँच वर्षभित्र निर्वाचनअघि गरेका सबै वाचा पूरा गरिने प्रतिबद्धता व्यक्त गरे । गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले विकास निर्माणमा सबै पक्ष समन्वय गरेर अघि बढ्नुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा