बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

बाँकेमा धान रोपाइँ हुँदै

शुक्रबार, २९ असार २०७५, ०९ : २३
शुक्रबार, २९ असार २०७५

नेपालगञ्ज वर्षा अनुकूल भएकाले यस वर्ष बाँके जिल्लामा धमाधम धान रोपाइँ भइरहेको छ । 

जिल्लामा अहिलेसम्म ३० प्रतिशत धान रोपाइँ भएको बताइएको छ । जिल्ला कृषि विकास कार्यालयका अनुसार यस वर्ष बाँकेमा ३६ हजार ५०० हेक्टरमा धान खेती गर्ने लक्ष्य छ । गत वर्ष पनि सोही क्षेत्रफलमा धानखेती गरिएको सो कार्र्यालयका प्रमुख कृष्णबहादुर बस्नेतले बताए । यस वर्ष बाँकेमा करीव एक लाख १५ हजार मेट्रिक टन धान उत्पादन हुने सो कार्यालयको प्रारम्भिक अनुमान छ । 

बाँकेका किसानले यस वर्ष पनि राधा–४, सुख्खा–३, सावित्री, मन्सुली, रामधान जातका धान खेती गर्ने बताइएको छ । जिल्ला कृषि विकास कार्यालयले जिल्लाका किसानलाई धान खेतीमा ५० प्रतिशत अनुदानमा धानको बीउ र रासायनिक मल अनुदानमा उपलब्ध गराउँदै आएको छ । त्यसैगरी गत वर्षको बाढीबाट प्रभावित बाँके गंगापुरका किसानलाई कृषि कार्यालयले निःशुल्क धानको बीउ र रासायनिक मल उपलब्ध गराएको प्रमुख बस्नेतले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप