सिन्धुपाल्चोकमा बोलेरो दुर्घटना, पाँच जनाको मृत्यु, ८ जना गम्भिर
सिन्धुपाल्चोक — सिन्धुपाल्चोक थाङकपाल गाउँपालिका ४ सल्लेडाँडास्थित मेलम्ची मानेखर्क सडकमा बिहीबार बेलुका ८ः१५ बजे दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ भने ८ जना गम्भिर घाइते भएका छन् ।
किटेनीबाट मानेखर्कतर्फ जाँदै गरेको लु १ ख ९९९ नम्बरको बोलेरो (जीप) ४ सय मिटर तल खस्दा ५ जनाको मृत्य भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक मोहनप्रसाद पोखरेलले जानकारी दिए ।
मृत्यु हुनेमा पाँचपोखरी थाङ्पाल गाउँपालिका–३ भोटाङका ६५ वर्षीय भीमबहादुर तामाङ, ६० वर्षीया जयरानी तामाङ, ५६ वर्षीय पोदोम तामाङ, ५३ वर्षीया नानी तामाङ र २५ वर्षीया सुनमाया तामाङ छन् ।
घाईते हुनेहरुमा रामबहादुर लामा (चालक), अश्मि श्रेष्ठ, मनमाया तामाङ, खुशि तामाङ, सुस्मिता वाईबा, शिर्षानी वाईवा , जिमी तामाङ र भिमजुनी तामाङ रहेका छन ।
दुर्घटनामा सबै घाइतेहरुको अवस्था गम्भिर रहेका छन् भने उनीहरुको मेलम्ची प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भईरहेको प्रहरीले जनाएका छन् ।
सिन्धुपाल्चोक, थाङकपाल गाउँपालिका ४ सल्लेस्थित मेलम्ची मानेखर्क कच्ची सकडमा किटेनीबाट मानेखर्कतर्फ जाँदै गरेको उक्त बोलेरो (जीप) सडकबाट करीब ४०० मिटर तल खसेर दुर्घटनामा परेको प्रहरी उपरीक्षक पोखरेलले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मलामी जाँदा भेरीमा डुबेका व्यक्तिको खोजीमा गोताखोर परिचालन
-
असारसम्म आयोजना स्थल नछोड्न आयोजना प्रमुखहरूलाई भौतिक मन्त्रीको निर्देशन
-
उत्पादन र उत्पादकत्व अभिवृद्धि गर्न संघीय सरकारले मात्रै सक्दैन : अर्थमन्त्री पुन
-
कतार र नेपालबिच धेरै कुरामा समानता देखिन्छ : राजदूत डा. ढकाल
-
योजना कार्यान्वयनका लागि रूपान्तरणका क्षेत्र पहिचान गरिएको छ : प्रधानमन्त्री प्रचण्ड
-
१६औँ पञ्चवर्षीय योजनाको रणनीति : प्रतिव्यक्ति आय २४१३ अमेरिकी डलर पुर्याउने !