बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

कुल ग्राहस्थ उत्पादनमा फ्रान्सलाई उछिने पनि भारत किन यति दरिद्र ?

शुक्रबार, २९ असार २०७५, ०७ : ५१
शुक्रबार, २९ असार २०७५

एजेन्सी । विश्व बैंकको एक नयाँ रिपोर्ट अनुसार भारतीय अर्थतन्त्र विश्वमा छैटौँ स्थान पुगेको छ ।

आर्थिक रुपमा भारतले फ्रान्सलाई सातौँ स्थानमा पछाडी धकेलेर संसारको छैटौँ सबैभन्दा ठूलो अर्थतन्त्र भएको हो ।

भारतभन्दा अगाडि संयुक्त अधिराज्य, जर्मनी, जापान, चीन र संयुक्त राज्य अमेरिका मात्र छन् ।

विश्व बैंकको २०१७ को प्रतिवेदनअनुसार भारतको कुल ग्राहस्थ उत्पादन  गत वर्षको अन्त्यमा २५ खर्ब ९७ अर्ब डलर थियो भने फ्रान्सको २५ खर्ब ८२ अर्ब डलर थियो ।

आर्थिक विश्लेषकहरूको अनुसार लामो समयको सुस्तता पछि भारतको अर्थव्यवस्थाले जुलाई २०१७ पछि फेरि बृद्धीको बाटो समातेको छ । 

भारतको जनसङ्ख्या अहिले करीब १ अर्ब ३४ करोड छ । छिट्टै यो संसारको सबैभन्दा धेरै जनसंख्या भएको देश बन्न गइरहेको छ ।

जनसंख्याको आधारमा फ्रान्सले उत्तर प्रदेश, मध्य प्रदेश जस्ता भारतका राज्यहरूसँग पनि प्रतिस्पर्धा गर्न सक्दैन । फ्रान्सको जनसंख्या लगभग ६.७ करोड छ ।

आईएमएफ र विश्व बैंकका तथ्याङ्कहरूले एक दशकअघि भारतको कुल ग्राहस्थ उत्पादन फ्रान्सको भन्दा लगभग आधा रहेको देखाउँछ ।

मोदीको सरकारले नोटबन्दी र ‘वस्तु तथा सेवा कर (जीएसटी)’ लागु गरेपछि भारतीय अर्थव्यवस्था मा केही स्थिरता आएको थियो, तर पछिल्लो समय निर्माण क्षेत्रले लिएको रफ्तारले भारतीय अर्थव्यवस्थालाई पुनः ठीक ठाँउमा ल्यायो ।

तथ्याङ्कहरुको कुरा गर्ने हो भने गएको एक दशकमा भारतको कुल ग्राहस्थ उत्पादन दुई गुणा भइसकेको छ । हाल आर्थिक रुपमा चीनसँग हारहारीमा अघि बढीरहेको भारतीय अर्थव्यवस्थाले केही समयपछि चीनलाई समेत विकासमा पछि पार्ने सम्भवाना व्यक्त गरिदैँछ । 

के यो साँच्चै ठूलो उपलब्धि हो?

पछिल्ला दिनमा अन्तर्राष्ट्रिय मुद्रा कोषले पनि सन् २०१८ मा भारतको ७.४ प्रतिशत अर्थिक बृद्धी हुनसक्ने बताएको थियो । कर सुधार र घरेलु व्ययमा वृद्धिको कारणले सन् २०१९ मा भारतको आर्थिक बृद्धी दर ७.८ प्रतिशत पुग्न सक्ने बताएको छ । जब कि यो अवधिमा विश्वको औसत आर्थिक वृद्धी दर ३.९ प्रतिशत हुने अनुमान गरिएको छ ।

तर, यहाँ प्रश्न खडा हुन्छ, जीडीपीमा फ्रान्सलाई उछिन्नु के साच्चै ठूलो उपलब्धि हो वा केवल तथ्याङ्क हेरेर आनन्द लिने बाटो मात्र हो ? यस प्रश्नको जवाफ खोज्नु अघि कुल ग्राहस्थ उत्पादन(जीडीपी) खासमा के हो जान्नु फलदायी हुन्छ ।

कुनै पनि देशको आर्थिक स्वास्थ्य मापन गर्नको लागि जीडीपी सबैभन्दा महत्वपूर्ण मापदण्ड हो । यो एक विशेष अवधिमा उत्पादन भएका सामान र सेवाहरूको मूल्यको योग हो । जीडीपी दुई तरिकामा प्रस्तुत गरिएको छ । किनकी उत्पादनको मूल्य मुद्रास्फीतिको साथ घटने बढ्ने गर्छ, यो मात्रा हो स्थीर मूल्य । 

भारतको स्थीर मूल्य

यस अन्तर्गत जीडीपी को दर र उत्पादनको मूल्य एक आधार वर्षको उत्पादनको मूल्यमा निश्चित छ ।

उदाहरणको लागि यदि आधार वर्ष सन् २०१० हो भने त्यसको आधारमा मूल्यमा वृद्धि वा गिरावटको आधारमा त्यो हो ।

जीडीपीलाई प्रस्तुत गर्ने अर्को तरिका, वर्तमान मूल्य हो । यसले उत्पादन मूल्यमा मुद्रास्फीति दर पनि समावेश गर्दछ ।

भारतको स्थीर मूल्य गणनाको आधार वर्ष अहिले सन् २०११–१२ हो ।

उदाहरणका लागि, सन् २०११ मा भारतमा यदी १०० भारुको मात्र तीन वस्तुहरू बनाइयो भने कुल जीडीपी ३०० भारु हुन्छ । सन् २०१७ सम्म, यो वस्तुको उत्पादन दुई भयो तर मूल्य १५० भारु भयो भने नोमिनल जीडीपी ३०० भारु भयो ।

तर यथार्थमा भने भारतले प्रगति भयो या भएन ? यो प्रश्न मुख्य हो ।

भारतको तुलनात्मक तुलना
यही आधार वर्षको सूत्र काममा आउँछ । सन् २०११ को स्थीर मूल्य (१०० भारु) अनुसार, वास्तविक जीडीपी २०० हुन्छ । अब स्पष्ट रूपमा जीडीपीमा गिरावट आएको देखिन्छ ।

यो सत्य हो कि भारतमा निर्माण गतिविधिहरू बढ्दै गइरहेको छ, तर मानिसहरूको जीवनको स्तरमा भारतको फ्रान्ससँग तुलना गर्नु बेकार हुन्छ । फ्रान्समा जीवनस्तरको मानकको अगाडी भारतको अवस्था निक्कै दयनीय छ ।

मानिसहरुको प्रति व्यक्ति आयको कुरा गर्ने हो भने एक औसत भारतीयको आय १९४० डलर छ, जबकि औसत फ्रान्सेलीको आय ३८,४७७ डलर छ । यो २० गुणा बढी भयो । 
यस सूचीमा संयुक्त राज्य अमेरिका ५९,५३२ डलरसहित पहिलो स्थानमा छ, त्यस्तै क्यानाडा (४५,०३२ डलर सहित) दोस्रोमा छ भने जर्मनी (४४,४७० डलर सहित) तेस्रो स्थानमा रहेको छ । यस अन्तर्गत चीनको औसत प्रति व्यक्ति वार्षिक कमाई ८,८२७ डलर छ ।

विश्व बैंकको वेबसाइटमा उपलब्ध डाटा अनुसार भारतको औसत प्रति व्यक्ति आय ७,०६० डलर रहेको छ, जबकि फ्रान्सको ४३,७२० डलर छ । (सामान किन्न सक्ने आधारमा नापिने पीपीपीको आधारमा) ।

यो सूचिमा भारत विश्वमा १२३ औं स्थानमा छ, जबकी फ्रान्स २५ औं स्थानमा छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप