शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बोलेरो दुर्घटनामा तीनको मृत्यु

बिहीबार, २८ असार २०७५, २२ : ५२
बिहीबार, २८ असार २०७५

मेलम्ची–चपोखरी थाङ्पाल गाउँपालिका–४, सल्लेडाँडामा लु १ ख ९९९ नंंको बोलेरो जीप केहीबेरअघि दुर्घटना हुँदा दुई महिलासहित तीनजनाको मृत्यु भएको छ । 

दुर्घटनामा मृत्यु हुनेको सनाखत हुन सकेको छैन । दुर्घटनामा नौजना घाइते भएको र उनीहरुलाई स्थानीयवासीले उद्धार गरी उपचारका लागि मेलम्चीतर्फ ल्याउँदै गरेको र घटनास्थलतर्फ अहिले प्रहरी टोली पठाइएको इलाका प्रहरी कार्यालय, मेलम्चीले जनाएको छ । 

पाँचपोखरी थाङ्पाल गाउँपालिका तिपेनीबाट सोही गाउँपालिकाको मानेखर्कतर्फ जाँदै गरेको उक्त बोलेरो जीपमा १५ जना सवार रहेको बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप