कोइरालाको क्यानडा भ्रमण स्थगन न्यायपूर्ण : प्राध्यापक संगठन
बिहीबार, २८ असार २०७५, २२ : ४४
काठमाडौँ– संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा डा कुलप्रसाद कोइरालाको क्यानडा भ्रमण स्थगन न्यायपूर्ण रहेको प्राध्यापकहरुले बताएका छन् ।
नेपाल प्रगतिशील प्राध्यापक संगठनले आज जारी गरिएको पे्रस विज्ञप्तिमा विश्वविद्यालयको अभिभावकत्व ग्रहण गर्नुभएका व्यक्तिबाट मर्यादाहीन काम भएकाले प्रा डा कोइरालाको क्यानडा भ्रमण स्थगन हुनु न्यायपूर्ण रहेको जनाएको छ ।
विदेश भ्रमणमा जाँदा अपनाउनुपर्ने सामान्य प्रक्रियालाई समेत बेवास्ता गरी कुलपतिको पूर्वस्वीकृतिबिना नै विदेश भ्रमणका लागि तयार भएको देखिएको छ, विज्ञप्तिमा भनिएको छ, “नियुक्त भएदेखि नै उपकुलपति डा कोइरालाबाट विश्वविद्यालयको ऐन नियम विपरीत काम गर्दै आएको छ ।”
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेको अडानले सुदूरपश्चिम सरकार विस्तार अन्योलमा
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
दोस्रो चरणमा उत्तर प्रदेशमा सबैभन्दा कम मतदान, कस्तो छ अन्य राज्यको अवस्था ?
-
‘फोर्स मर्जर’ को असर : १९४ वटा बैंक तथा वित्तीय संस्थाको लाइसेन्स खारेज
-
इन्क्रिप्सन तोड्न बाध्य भए भारत छोड्छु : ह्वाट्सएप
-
धेरै अमेरिकी कम्पनीले ठुलो लगानी लिएर नेपाल आउन चाहेका छन् : अतुल