पक्राउ परेको १२ घण्टा नबित्दै गुण्डा नाइके दावा लामाका सहयोगी सांसद नबिना लामाको जमानीमा रिहा
काठमाडौँ । गुण्डा नाईके दावा लामाका सहयोगी सत्यमान लामालाई महानगरीय प्रहरी परिसर काठमाडौंले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की सांसद नविना लामाको जिम्मा लगाएर रिहा गरेको छ । बिहिबार विहान काठमाडौंको बालुवाटारबाट पक्राउ परेका लामा साँझ प्रतिनिधी सभाकी सांसद नविना लामाको दबाबपछि रिहा भएका हुन् ।
नेपाल प्रहरीको ‘क’ बर्गको सूचीमा रहेका दावा लामाको ‘मुन्सी’को रुपमा काम गर्दै आएका सत्यमान लामाबारे लुटपाट, गुण्डागर्दी तथा अवैध डलर कारोबारबारे उजुरी परेको भन्दै काठमाडौं प्रहरीले उनलाई पक्राउ गरेको थियो । प्रहरीले पक्राउ गर्नासाथ लामालाई जिल्ला प्रशासन कार्यालयबाट अनुसन्धानका लागि म्याद थप गरिएको थियो ।
‘प्रतिनिधीसभाका सांसद नविना लामाको जमानीमा रिहा गरेका छौँ’ महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख (एसएसपी) विश्वराज पोखरेलले भने, ‘म्याद थप गरे पनि हाजिर जमानीमा अनुसन्धान गर्ने कानुनी ब्यवस्था अनुसार नै सत्यमान लामालाई रिहा गरिएको हो ।’
काभ्रे स्थायी घर भएका सत्यमान लामालाई काभ्रेकै सांसद नविनाले ‘मेरो दाई हो’ भन्दै छाड्न दवाव दिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एक सिनियर अधिकृतले जानकारी दिएका छन् ।
पछिल्लो समय प्रहरीले आफूलाई उच्च निगरानीमा राखेको सूचना पाएसँगै गुण्डा नाइके दावा लामाले काठमाडौँ छाडेका छन् । दावा काठमाडौँ छाडेर भारतको सिक्किममा लुकेर बस्न थालेपछि उनको कारोबार सत्यमानले सम्हाल्दै आएको बताइएको छ ।
काभ्रे र रामेछापमा पाइने बुद्धचित्त मालाको तस्करीमा संलग्न सत्यमानले गत वर्ष काभ्रेको सिपालीका किसानको माला लुटेका थिए । यसअघि रक्तचन्दन तस्करीमा प्रहरीले उनलाई पक्राउ गरेर कारावाही गरेको थियो ।
उनी बिरुद्ध बुढानिलकण्ठका दीलिप लामाको २५ लाख धाकधम्की दिएर लुटपाट गरेको उजुरी समेत परेको काठमाडौं प्रहरीले जनाएको छ ।
यसबारे प्रतिक्रिया लिन टेलिफोन सम्पर्क गर्दा सांसद नविना लामाले आफू व्यस्त भएको उल्लेख गर्दै पछि कुरा गर्ने बताइन् ।
यो पनि पढ्नुहोस्
गुण्डा नाइके दावा लामाका सहयोगी सत्यमान पक्राउ
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेदरल्यान्डको राजधानी एम्स्टर्डममा नयाँ होटल बनाउन रोक
-
ग्लोबल आइएमई बैंक र हब इन्टरनेशनल एजुकेशनबिच समझदारी
-
रुससँग युक्रेनले हार्यो भने तेस्रो विश्वयुद्ध हुने चेतावनी
-
विद्युत् उत्पादनको केन्द्र बन्दै ताप्लेजुङ
-
शिक्षाको गुणस्तर र विद्यालय भर्ना अभियानमा सामूहिक योगदान आवश्यक छ: शिक्षामन्त्री श्रेष्ठ
-
लुम्बिनी प्रदेश सरकारमा जाने एमालेका मन्त्रीको लाग्यो टुंगो