मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

गृहमन्त्रीलाई भारतको निम्तो, तालिम केन्द्र छिटो निर्माण हुने वातावरण बनाउन आग्रह

बिहीबार, २८ असार २०७५, २० : २३
बिहीबार, २८ असार २०७५

काठमाडौं– गृहमन्त्री रामबहादुर थापा बादलले काभ्रेमा बन्न लागेको नेपाल प्रहरीको तालिम केन्द्र छिटो निर्माण हुने वातावरण बनाउन भारतसँग आग्रह गरेका छन् । गृहमन्त्री थापासँग बिहिबार शिष्टाचार भेटवार्ता गर्न पुगेका नेपालका लागि भारतीय राजदूत मञ्जिभसिंह पूरीसँगको कुराकानीका क्रममा मन्त्री थापाले सो आग्रह गरेका हुन् । काभ्रेमा भारत सरकारको सहयोगमा प्रहरीको तालिम केन्द्र बन्ने तयारी छ । 

राजदूत पुरीले भने नेपाल प्रहरीको तालिम केन्द्र निर्माण कार्यको विषयलाई आफुले प्रमुख प्राथमिकतामा राखेको भन्दै यो सम्बन्धी कार्य अघि बढिसकेको जानकारी गृहमन्त्रीलाई दिएका थिए । भेटका क्रममा गृहमन्त्री थापाले नेपालको विविध क्षेत्रका साथै सुरक्षा निकायको तालिम र भौतिक सामाग्रीमा भारतले गर्दै आएको सहयोगप्रति राजदुत पुरीमार्फत भारत सरकारलाई धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि त्यसले निरन्तरता पाउने विश्वास व्यक्त गरेका थिए । 

भेटवार्तामा खुला सीमाको फाईदा उठाउँदै हुने मानवतस्करी, सुन तस्करी, लागूपदार्थको ओसार–पसार लगायतका अपराधविरुद्ध भारत सरकारको सहयोगका लागि आग्रह गर्दै गृहमन्त्री थापाले यस्ता अपराधविरुद्ध दुई देशको संयुक्त सहकार्य आवश्यक रहेकोमा जोड दिएका थिए । जवाफमा राजदुत पुरीले यस्तो सहयोग गर्न भारत तयार रहेको बताएका थिए ।  राजदूत पुरीले गृहमन्त्री थापालाई भारत भ्रमणको निम्ता समेत दिएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप