शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

अन्तर्राष्ट्रिय नेपाली एकता समाजले बुझायो दुई मन्त्रालयमा ज्ञापनपत्र

बिहीबार, २८ असार २०७५, २० : ०८
बिहीबार, २८ असार २०७५

काठमाडौँ– अन्तर्राष्ट्रिय नेपाली एकता समाजले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्ट र परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीलाई ज्ञापन बुझाएको छ । समाजले असार बिहिबार सिंहदरवारस्थित दुवै मन्त्रालयमा पुगी सो ज्ञापन पत्र बुझाएको हो । 

एकता समाजका अध्यक्ष गङ्गा पौडेल, महासचिव शोभाकान्त लामिछाने, राष्ट्रिय जनमोर्चाकी केन्द्रीय उपाध्यक्ष, प्रवक्ता तथा प्रतिनिधि सभाकी सांसद दुर्गा पौडेल, मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका संस्थापक सभापति गोविन्द सिंह थापा, ओमन नेपाली एकता समाजका केन्द्रीय सदस्य श्यामलाल रेग्मी, ओमन नेपाली एकता समाजका पूर्व उपाध्यक्षहरु घन बहादुर लामा र नारायण ज्ञवाली तथा राजमो नेता कृष्ण आचार्य सम्मिलित प्रतिनिधि मण्डलको सहभागितामा ज्ञापनपत्र बुझाइएको हो ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा बुझाइएको ज्ञापन पत्रमा एकता समाजले ओमनबाट विदामा घर फर्केका नेपाली घरेलु महिला कामदारलाई पुनः सोही रोजगारीमा जान पाउनुपर्ने, सरकारको प्रत्यक्ष निगरानीमा वैदेशिक रोजगारी सञ्चालन गर्नुपर्ने, विदेशस्थित नेपाली नागरिकहरुलाई मतदान र प्रतिनिधित्वको अधिकार दिनुपर्ने र गैरकानुनी ढङ्गले युरोप, अमेरिका लगायतका देशमा पठाउने नाममा भएका विकृतिको अन्त्य गर्नु पर्ने मागहरु समेटिएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप