बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

कर्मचारीलाई तयारीमा अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन

बिहीबार, २८ असार २०७५, १९ : ५५
बिहीबार, २८ असार २०७५

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बाढी, पहिरो र डुबानबाट हुने स्वास्थ्य समस्या समाधानका लागि तयारी अवस्थामा रहन मातहतका निकायलाई निर्देशन दिएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहसचिव मधुसुदन बुर्लाकोटीले बाढी, पहिरो र डुबानबाट रोगको प्रकोप फैलन सक्ने भन्दै तयारी अवस्थामा रहन मातहका सबै निकायलाई निर्देशन दिइएको जानकारी दिएका हुन् ।

मन्त्रालयले विदामा नबसी बाढी, पहिरो र डुबान पीडितहरुलाई सहयोग गर्न पनि मातहतका कर्मचारीलाई सचेत गराएको छ ।  सहसचिव बुर्लाकोटीले वर्षात्को यो विषय परिस्थितिमा अस्पताललगायतका अति संवेनदशील क्षेत्रमा बन्द, हडताल जस्ता कुनै पनि गतिविधि नगर्न पनि सचेत गराइएको स्पष्ट पारे । स्वास्थ्य मन्त्रालयले विपदमा परेकाहरुलाई राहत दिन जिल्ला, जिल्लामा स्वास्थ्यकर्मी र औषधिको थप व्यवस्था गरिएको पनि जनाएको छ ।

मन्त्रालयले विहिबार मातहतका सबै निकायमा पठाएको परिपत्रमा प्राकृतिक विपदका बेला जनताको सेवामा नजुट्ने कर्मचारीलाई कार्वाही गर्ने चेतावनी पनि दिइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप