बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

नवलपरासीको भूमहीमा बस दुर्घटना

बिहीबार, २८ असार २०७५, १९ : २७
बिहीबार, २८ असार २०७५

परासी– पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको भूमहीमा बस दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन् । आज बिहान नारायणघाटबाट नेपालगञ्ज हिडेको ना ६ ख ९४३८ नम्बरको बस जिल्लाको सुनवल नगरपालिका १२ भूमहीमा आफैं अनियन्त्रित भई पल्टिदा सो दुर्घटना भएको हो ।  

दुर्घटनामा परि मृत्यु हुनेमा गुल्मी जिल्ला मालिका गाउँपालिका वडा न १ अर्चेङ का ३७  वर्षीय गणेश लम्साल रहेको प्रहरीले जनाएको छ । दुर्र्घटनामा गम्भीर घाईते भएका १२ जनाको जेनस अस्पताल बुटवल र भैहरवा मेडिकल कलेजमा उपचार भैरहेको छ भने सामान्य घाइते भएका ८ जनाको स्थानीय सामुदायिक अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप