मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

मौद्रिक नीतिमा बैंक कर्मचारीहरुलाई तालिम अनिवार्य, नबिल प्रावधान कार्यान्वयन गर्ने प्रथम बैंक

बिहीबार, २८ असार २०७५, १९ : १०
बिहीबार, २८ असार २०७५

काठमाडौं । नबिल बैंक भर्खरै जारि भएको मौद्रिक नीतिको बुँदा नम्बर ९७ अन्तर्गत सहायक स्तरदेखि अधिकृत स्तर सम्मका कर्मचारीहरुलाई तालिम दिने प्रावधान कार्यान्वयन गर्ने प्रथम बैंक भएको छ ।

नबिल बैंक र नेशनल बैंकिङ्ग ईन्ष्टिच्युट (एन.बी.आई) बीच आज सो तालिम कार्यक्रम संचालन सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

यस सम्झौता अनुसार नबिल बैंकका कर्मचारीहरुको कार्यदक्षता विकासका लागि एन.बी.आईद्वारा संचालित अन्तर्रािष्ट्रय स्तरको जानबि कोर्समा ६०० जना कर्मचारीहरुलाई तालिम दिने व्यवस्था गरिएको छ ।

उक्त सम्भौतापत्रमा नबिल बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह र एन.बी.आई का प्रमुख कार्यकारी अधिकृत संजिब सुब्बाबीच हस्ताक्षर भएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप