शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

ग्रामीण तथा भूकम्प प्रभावित विद्यार्थीहरुलाई शैक्षिक छात्रवृत्ति

बिहीबार, २८ असार २०७५, १८ : ३८
बिहीबार, २८ असार २०७५

काठमाडौं । नेपालको ग्रामीण तथा भूकम्प प्रभावित क्षेत्रका माध्यमिकतहको परिक्षामा सहभागी भएका विद्यार्थीहरुले छात्रवृत्ति पाउने भएका छन् । ब्रिजवाटर इन्टरनेशनल कलेजले लायन्स क्लब न्टरनेशनल डिस्ट्रिक्ट ३२५ ए२ र लायन्स क्लब अफ काठमाडौं सिटिजन्ससँग समझदारी पत्रमा हस्ताक्षर गरेको छ ।

समझदारी अनुसार कमजोर आर्थिक अवस्था भएका तथा पिछडिएका ग्रामीण क्षेत्रका विद्यार्थीहरु जो ग्रामीण तथा भूकम्प प्रभावित क्षेत्रबाट आएका छन्, उनीहरुलाई शैक्षिक छात्रवृत्ति प्रदान गरिनेछ । यो समझदारी कोषको लागि नभए पनि अतिपिछडिएका तथा कमजोर आर्थिक अवस्था भएका विद्यार्थीहरुका लागि आवश्यक पर्ने रकम उठाउन सहकार्य गरिने प्रतिबद्धता भएको कलेजले जनाएको छ ।

यो आवश्यकतामा आधारित छात्रवृत्ति कार्यक्रम एसईई सहभागीभएका विद्यार्थीहरुको लागि हो । जसलाई वित्तिय सहयोग निकै आवश्यक रहेको देखिएको छ, ब्रिजवाटर इन्टरनेशनल कलेजका प्रिन्सिपलसंदिप खनालले बताए ।

‘क्रिएटिङ न्यू डाइमेन्सन टू एजुकेशन’ भन्ने मुलनाराका साथ ब्रिजवाटर इन्टरनेशनल कलेजले विद्यार्थीले चाहेको क्षेत्रमा भविश्य कोर्न सहयोग पुर्याउने विश्वास लिएको छ । यो छात्रवृत्ति १०० जना अतिपिडछिएका तथा कमजोर आर्थिक अवस्था भएका नेपाली विद्यार्थीहरुका लागि हो जसले प्रति विद्यार्थी ५०,००० प्राप्त गर्नेछन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप