बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

काँग्रेसद्वारा दुःख व्यक्त

बिहीबार, २८ असार २०७५, १८ : २८
बिहीबार, २८ असार २०७५

काठमाडौँ– नेपाली काँग्रेसले बाढी, पहिरो र डुबानबाट मुलुकभर भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै उचित राहत र व्यवस्थापन गर्नका लागि सरकारसँग आग्रह गरेको छ । 

काँग्रेसले आज एक विज्ञप्तिमार्फत भक्तपुरको चाँगुनारायणमा पहिरोले घर पुरिँदा एकै परिवारका तीनजनाको मृत्यु भएको घटनाप्रति दुःख व्यक्त गर्दै जीवन गुमाउनु भएकाहरुप्रति श्रद्धाञ्जली र उनीहरुका परिवारजनहरुमा समवेदना प्रकट गरेको छ । 

साथै, प्रभावित क्षेत्रमा राहत सामग्री लगायत अवरुद्ध सेवा सुविधाहरु यथाशीघ्र सुचारु गर्ने÷गराउने व्यवस्थाका लागि सरकार लगायत सम्वद्ध सबैसँग काँग्रेसले आग्रह गरेको मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 

केही दिनदेखि परेको अविरल वर्षा पछि आएको वाढी, पहिरो र डुवानका कारणले देशका विभिन्न जिल्लामा धनजनको ठूलो क्षति भएको र जनजीवन अस्तव्यस्त भएको छ । गएराति परेको वर्षाले राजधानी नजिकैको जिल्ला भक्तपुर र काभ्रेलाई समेत प्रभावित पारेको छ । काठमाडौँ लगायत तीन जिल्लामा कैयौं घरहरु डुवानमा परेका छन् । 

यी तीन जिल्लामा खाद्य सामग्री भिजेर नष्ट भएको, विजुली बत्तिको असुविधा भएको र घरभित्रका व्यक्तिहरु बाहिर निस्कन नसक्ने अवस्थामा रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप