शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

चर्को शुल्क असुल गर्ने निजी विद्यालयहरुलाई कडा कार्वाही गर्न माग

बिहीबार, २८ असार २०७५, १८ : १६
बिहीबार, २८ असार २०७५

काठमाडौं– विद्यार्थी संगठनका नेताहरुले सरकारी विद्यालयहरुमा गुणस्तरीय शिक्षा लिने व्यवस्था गर्न सरकारसँग माग गरेका छन । विद्यार्थी संगठनका नेताहरुले चर्को शुल्क असुल गर्ने निजी क्षेत्रका विद्यालयहरुलाई कडा कार्वाही गर्न पनि सरकारको गम्भिर ध्यानाकर्षण गराएका हुन् । 

सरकारी विद्यालयबाट माध्यामिक शिक्षा परीक्षा (एसईई) मा उत्कृष्ट अंक ल्याउन सफल विद्यार्थीको सम्मानमा काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अनेरास्ववियूकी अध्यक्ष नविना लामाले सरकारी विद्यालयलाई गुणस्तरीय शिक्षा लिने व्यवस्था गर्न सरकारसँग माग गरिन् । उनले निजी विद्यालयले चर्को शुल्क लिँदा पनि कार्वाही नगरिएको भन्दै सरकारप्रति आक्रोश पनि व्यक्त गरिन् ।

अनेरास्ववियू क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङले सरकारी विद्यालयमार्फत् शिक्षालाई गुणस्तरीय बनाउन सरकारसँग माग गरे । उनले सरकारले सरकारी विद्यालयको स्तरोन्नति हुनेगरी उचित बजेटको व्यवस्था गर्नुपर्नेमा पनि जोड दिए । 

कार्यक्रममा बोल्दै संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री रविन्द्र अधिकारीले सरकार सरकारी विद्यालयको स्तरोन्नति गरेर मुलुकलाई समृद्धि बनाउन प्रतिवद्ध रहेको बताएका  थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप