शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

अभिनेता धिरेन पनि म्युजिक भिडियोमा

बिहीबार, २८ असार २०७५, १७ : ५०
बिहीबार, २८ असार २०७५

काठमाडौं – एक जमानाका लोकप्रिय अभिनेता धिरेन शाक्य पनि म्युजिक भिडियोमा देखिएका छन् । लण्डनमा छायाँकन गरिएको सोनी कार्कीको शब्द, प्रमोद प्रसाईं र सोनीको स्वर एवम् रिदम कँडेलको संगीत रहेको प्रेम गीत ‘जता हेर्छु केवल तिमी’ बोलको गीतको भिडियोमा उनको अभिनय देख्न सकिन्छ । 

शाक्यलाई भिडियो अभिनयमा इनास ग्लोबलकी वरिष्ठ उपाध्यक्ष कमला दाहालले साथ दिएकी छिन् । जर्मनी बस्ने कमलाले तामिल, नेपाली र हिन्दी केही सिनेमामा अभिनय गरेकी छिन् । 

सञ्चारकर्मी कुशल श्रेष्ठले निर्देशन, छायाँकन र सम्पादन गरेको भिडियोमा लन्डनको मुटु लन्डन टावर ब्रीज, ग्रीनबीच आदि क्षेत्र देख्न सकिन्छ ।  भिडियोको डिजाइनर अन्जली केसी हुन् भने कोरियोग्राफी प्रभु गुरुङले गरेका छन् ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप