नेविसंघका नेता पक्राउ, आफ्नै कार्यकर्तामाथि हातपात गरेको आरोप
बिहीबार, २८ असार २०७५, १७ : ०४
काठमाडौं– कार्यकर्तामाथि हातपात गरेको अभियोगमा नेपाली कांग्रेस निकट नेविसंघका एक नेतालाई प्रहरीले नियन्त्रणमा लिएको छ । नेविसंघको केन्द्रीय सदस्य प्रेमबहादुर शाहीलाई पीडितले दिएको उजुरीको आधारमा महानगरीय प्रहरी बृत्त कीर्तिपुरदले पक्राउ गरेको हो ।
सामान्य विवादमा कार्यकर्ता प्रकाश खड्का र जगदिश भट्टमाथि हातपात गरेको अभियोग उनीमाथि छ । बुधबार राति पक्राउ परेका शाहीलाई सार्वजनिक मुद्दामा म्याद थप गरेर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।
त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस कीर्तिपुरमा खड्का र भट्टमाथि शाहीले हातपात गरेको नेविसंघकै एक नेताले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागु औषध मुद्दामा फरार दुई जना भारतमा पक्राउ
-
भोजपुर गोल्डकप : त्रिभुवन आर्मी क्लब फाइनलमा
-
हरिपूर्वामा आगोले चार घर जले
-
तातो हावा ‘लू’ ले नेपालगञ्जको जनजीवन प्रभावित
-
खडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
-
शुक्रबारदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै