शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

रोनाल्डोलाई १० करोड युरो तिर्नु युभेन्टसको फजुल खर्च हो कि चतुर चाल ?

बिहीबार, २८ असार २०७५, १६ : २९
बिहीबार, २८ असार २०७५

युभेन्टसको सबैभन्दा आशावादी समर्थकहरुले पनि यो सिजनको शुरुवातमा कल्पना समेत गरेका थिएनन् होला – पाँच पटकको ब्यालोन डीयर विजेता क्रिष्टियानो रोनाल्डो टुरिन आउदै छन् ? सन् २००७ मा यस क्लबका काकापछि कुनै युभेन्टस खेलाडी यस उपाधीको लागि शीर्ष तीनमा पर्न सकेका छैनन् ।

यो बीचका वर्षहरुमा धेरै बदलाव भयो । इटालीयन फुटबलको गरिमा घटिरहदाँ स्पेनिस फुटबलको गरिमामा व्यापक बृद्धी भयो । 

मिलानका मालिक तथा पूर्व इटालीयन प्रधानमन्त्री सिल्भियो बर्लुस्कोनीले यो दशकको शुरुमा क्रिश्टियानो रोनाल्डोलाई अनुबन्ध गर्ने ‘सपना’ व्यक्त गर्दा रोनाल्डोले राजनैतिक शब्दावली प्रयोग गर्दै यस सम्भावनालाई अस्वीकार गरेका थिए । उनले इटाली राष्ट्रिय लिग सिरि ए ‘आफूलाई अत्यधिक मन पर्ने लिग नभएको’ बताएका थिए ।

यही अवधिमा ‘कालसिओपोली काण्ड’मा तिनको हिस्सेदारीको लागि युभेन्टस सिरि बीमा घटुवा भयो । युभेन्टसलाई घरेलु लिगको शिर्ष स्थानमा आईपुग्न ६ वर्ष लाग्यो । 

त्यसपछिका दिनमा उनीहरुले एक पटक पनि पछाडी फर्केर हेरेका छैनन् । उनीहरुले लगातार सात लिग उपाधिमा कब्जा गरे, चार पटक त घरेलु डबल । विगत चार वर्षमै ऊ दुई पटक युरापेली क्लवको सबैभन्दा प्रतिष्ठित च्याम्पियन लिगको फाइनलमा पुगिसक्यो ।

यस्तो दीगो सफलता कुनै संयोग होइन । यस सफलताको लागि युभेन्टस्ले एक व्यापारिक योजना बनायो र त्यसलाई पछ्यायो । यस अन्तर्गत सन् २०१० मा सिरि एमा खेल्ने क्लबमध्य पहिलो आधुनिक, क्लबकै स्वामित्वमा रहने गरि रङ्गशाला देखि अघिल्लो वर्ष समाजिक सञ्जाल मैत्री लोगो निर्माण सम्म रह्यो ।

तथापी यी सबै प्रयासहरुबन्दा बढी उनीहरुले स्थान्तरण बजारमा ठूलो कदम चाले । प्रत्यक वर्ष युभेन्टसले अरुले ख्याल नगरेको खेलाडीको महत्व पहिचान गरेको छ । 
आन्द्रे पिर्लो, सामि खेडिरा र डानी आल्भेस निशुल्क स्थानतरणमा क्लबमा जोडिए । कार्लोस टेभेजलाई प्रारम्भमा ९० लाख युरो प¥यो । पउल पोग्बासँग सम्झौता भएको चार वर्ष पछि ७ करोड युरो फाइदामा(एजेन्ट मिनो राइओलाको शुल्का कटाएर) म्यानचेस्टर युनाइनेटलाई बेचियो ।

यो दृश्यमा रोनाल्डो कसरी फिट हुन्छन् ? 
कर र ज्याला समेत रोनाल्डोलाई म्याड्रिडबाट स्थानतरण गर्न ३४ करोड युरो तिरिएको रिपोर्टहरु बाहिर आएको छ । रोनाल्डोलाई वार्षिक ३ करोड युरो ज्याला तिरिनेछ । यो रकम युभेन्टसले यस अघि सबैभन्दा बढी ज्याला तिरेको गोन्जालो हिईगुनलाई तिरेको भन्दा दोब्बरभन्दा बढी मुल्य हो । सायद अब खर्च मिलाउनको लागि हिउगुन बेचिनेछन् ।
सतहमा क्लबको लागि यो फजुल खर्च जस्तो देखिन्छ । तर यथार्थ भने ठ्याक्कै उल्टो देखिन्छ ।

पछिल्लो समयको तिनको सम्पूर्ण अदभुत वृद्धीबीच पनि युभेन्टसको प्रमुख चिन्ता आफू ला लिगा र प्रिमियर लिगभन्दा न्यून अन्तराष्ट्रिय ब्राण्ड भएको लिगमा खेरिरहेका छु भन्ने छ ।
सन् २०१७ मा च्याम्पिएन्स लिगको फाइनलमा पुगेता पनि क्लब डेलोइट मनी लिगमा दशौं स्थानमा छ । यसको राजस्व म्यानचेस्टर युनाइटेड, रियल माड्रिड वा बार्सिलोनाको दुई तिहाई मात्रै रहेको छ ।
रोनाल्डोसँगको सम्झौताले त्यसलाई बदल्न सक्छ । तपाई यसलाई युभेन्टसले म्याड्रिडकै नियम पुस्तिकाबाट एक पन्ना लिएको मान्न सक्नुहुन्छ ।

सन् २००३ मा स्पेनिस रियल म्याड्रिडले डेभिड बेकहमलाई ३.७ करोड युरोमा हस्तान्तरण गर्दा धेरैको खप्की खाएको थियो । तर क्लबका अध्यक्ष फ्लोरेन्टिनो पेरेजलाई आफ्नो क्लबले लगानी गरेको भन्दा निक्कै बढी आय भित्राउने खेलाडलाई क्लबमा ल्याइरहको छु भन्ने थाहा थियो । 

रोनाल्डोले सर्तहरु स्वीकार्नुभन्दा अघिनै युभेन्टसको वित्तलाई बदलिईदिसकेका छन् । पछिल्ला दिनहरुमा उनको सम्भावित आगमनको हल्लाहरु चलिरहदा क्लबको शेयर मुल्यमा ह्वातै वृद्धी भयो । 
इटालीयन समाचारपत्र सेसोलो अनुसार बिहिबार क्लबको बजार मुल्याङ्कन ६६.५ करोड युरोबाट बढेर ८१.५ करोड युरो पुग्यो । यहि वृद्धीले पनि अनुमानित हिसाबमा रोनाल्डोको स्थानतरण शुल्क तिर्न पुग्छ । एक पटक गिरावट आएर यो सङ्ख्या अझै निरन्तर वृद्धी भइरहेको छ ।

तत्कालिन समयको बेकहमभन्दा रोनाल्डो बढी उमेरको भए पनि रोनाल्डो आजको दिनमा उनीभन्दा बढी प्रभावशाली खेलाडी हुन्् । रोनाल्डोको क्षमतामा ¥हास आइरहेको हुन सक्छ तर यो अवस्था पनि उनले अघिल्लो सिजन ४४ गोल गरे । यसमध्य दुई गोल र एक एसिस्ट रोनाल्डोले च्याम्पिएन्स लिगको क्वाटर फाइनलमा युभेन्टसविरुद्ध तिनकै रङ्गशालामा गरेका थिए ।

के हामीलाई उनी युभेन्टसको टिममा कसरी फिट हुन्छन् भनेर चिन्ता लिनु पर्छ ? मास्सिमिलिआनो अलिग्री अत्यन्त यथार्थवादी म्यानेजर हुन् । उनले क्लबको नेतृत्व लिएको चार वर्षको अवधिमा अनगिन्ति पटक आफूलाई बदलिसकेका छन् । यही कारणले नै उनले पोग्बा, टेभेज, बोनुस्सी र अन्यहरुले क्लब छाड्दा पनि क्लबको घरेलु अधिपत्य कामय राख्न सकेका हुन् ।
अलिग्री अक्सर रिपोर्टरहरुलाई म्यानेजरले खेललाई ५% भन्दा बढी बदल्न सक्दैनन् भन्ने गर्छन् । रोनाल्डो जस्तो खेलाडीको प्रभाव भने त्यो भन्दा निकै बढी हुनेगर्छ ।
(द गार्डियनबाट)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप