शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

सर्पले डसेर २२ वर्षीय युवतीको मृत्यु

बिहीबार, २८ असार २०७५, १६ : ०६
बिहीबार, २८ असार २०७५

सुरुङ्गा– सर्पको डसाइबाट बाह्रदशी गाउँपालिका–७ मा एक युवतीको मृत्यु भएको छ ।  मृत्यु हुनेमा चेक्राबारी निवासी २२ वर्षीया चन्द्रवती राजवंशी रहेको इलाका प्रहरी कार्यालय घैलाडुब्बाले जनाएको छ । बुधबार साँझ खाना बनाउँदै गर्दा उनलाई सर्पले डसेको थियो । 

सर्पले डसेलगत्तै राजवंशीलाई कनकाई नगरपालिकामा रहेको सहारा सपदंश उपचार केन्द्र लगिएको थियो । उनको उपचारकै क्रममा आज बिहान मृत्यु भएको बताइएको छ । राजवंशीलाई गोमन सर्पले डसेको थियो । 

डुबेर अढाइ वर्षीया बालिकाको मृत्यु 

झापामा अढाइ वर्षीया बालिकाको डुबेर मृत्यु भएको छ । मृत्यु हुनेमा भद्रपुर नगरपालिका –१ निवासी राजु तामाङकी अढाइ वर्षीया छोरी रोविका तामाङ रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । 

चारआली–केचना सडकखण्डअन्तर्गत हिमाली चोकमा नालामा जमेको पानीमा बालिका बुधबार साँझ डुबेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक जीतेन्द्र बस्नेतले जानकारी दिए । 

पानीमा डुबेर बेहोस अवस्था भेटिएकी बालिकालाई उपचारका लागि मेची अञ्चल अस्पताल भद्रपुर लादै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप