बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

नौ लाख मूल्यको मोबाइल चोरी

बिहीबार, २८ असार २०७५, १६ : ०३
बिहीबार, २८ असार २०७५

दाङ– तुलसीपुरस्थित बिपी चोकमा रहेको सबिन मोबाइल सेन्टरमा चोरी भएको छ । गए राति तुलसीपुरको मुख्य व्यापारिक केन्द्रका रुपमा रहेको चोकको सो पसलबाट झण्डै रु नौ लाख बराबरका ब्राण्डेड मोबाइलहरु चोरी भएको प्रहरीले जनाएको छ । 

चार जनाको संख्यामा आएका व्यक्तिहरुले मुख्य सटरको लक फोडी पसलभित्र चोरी गरेको त्यहाँ राखिएको सिसी क्यामराबाट देखिएको छ । इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले विभिन्न ब्राण्डका ३० वटा सेट मोबाइल चोरी भएको र चोरी गर्ने गिरोहको खोजी कार्य भइरहेको बताए । उनका अनुसार सिसी क्यामराको फुटेजका आधारमा पनि चोर पक्राउ गर्न मद्दत मिल्छ । 

तुलसीपुरस्थित मोबाइल इलेक्ट्रोनिक संघले घटनाको विरोधमा आज बिहान सबै मोबाइल पसलहरु बन्द गरेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप