बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

मोरङमा डुबेर २ जनाको मृत्यु

बिहीबार, २८ असार २०७५, १५ : ४१
बिहीबार, २८ असार २०७५

उर्लाबारी– मोरङको मिक्लाजुङ गाउँपालिका–९ मा पानीमा डुबेर आज दुई जनाको मृत्यु भएको छ । उर्लाबारी–१ बस्ने १९ वर्षीय दिलकुमार लिम्बूको साथीहरुसँग जमेको पानीमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो । 

यसैगरी सोही ठाउँको राम्री खोलामा डुबेर मिक्लाजुङ–९ महेश चोक बस्ने ७२ वर्षीय वृद्ध भीमबहादुर माझीको पनि मृत्यु भएको छ । बिहान घरबाट निस्कनुभएका माझी आज दिउँसो खोला किनारमा मृतावस्थामा भेटिएको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामप्रसाद तिमल्सिनाले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप