शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

मोरङ पूर्ण खोप सुनिश्चित जिल्ला

बिहीबार, २८ असार २०७५, १५ : १८
बिहीबार, २८ असार २०७५

विराटनगर– यही असार ३२ गते मोरङ जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिने भएको छ । 

जिल्ला खोप समन्वय समिति मोरङको आज यहाँ बसेको बैठकले उक्त निर्णय गरेको हो । 

जिल्लाका १५ महिना उमेर पुगेका सबै बाबालिकालाई रोगविरुद्ध लड्ने ११ प्रकारका सबै खोप दिइसकेको अवस्थामा पूर्णखोप सुनिश्चित जिल्ला घोषणा गर्न सकिने बालस्वास्थ्य विभाग महाशाखाका भरत भण्डारीले बताए । 

जिल्ला समन्वय समितिका प्रमुख नरेश पोखरेलका अनुसार विराटनगरमा एक कार्यक्रमको आयोजना गरी पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गर्ने तयारी भइरहेको छ । 

मोरङ जिल्लाको साविकको लखन्तरी गाविसलाई पहिलो पूर्णखोप गाविस घोषणा गरिएको थियो । अहिलेसम्म मुलुकका ५० वटा जिल्ला पूर्णखोप सुनिश्चित जिल्ला घोषणा भइसकेका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप