शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

१ रुपैयाँमा नै भीभो स्मार्टफोन, १ वर्षको वारेन्टी

बिहीबार, २८ असार २०७५, १४ : ४३
बिहीबार, २८ असार २०७५

काठमाडौं । भीभो ब्राण्डको कुनैपनि स्मार्टफोनहरु १ रुपैयाँ तिरेपछि ग्राहकले घर लैजान सक्नेगरि मासिक किस्ताबन्दी योजना सार्वजनिक भएको छ ।

१ रुपैयामामा नै मोबाइल ग्राहकहरुलाई उपलब्ध गराउँदै आएको कम्पनी ईजी मोबाइल केयरले मोबाइल खरिदकर्ताहरुका लागि फेरी नयाँ योजना सार्वजनिक गरेको हो । 

कम्पनीले हाल नेपाली बजारमा लोकप्रिय र सर्बाधिक बिक्री भईरहेको भीभो ब्राण्डको कुनैपनि स्मार्टफोनहरु मासिक किस्ताबन्दीमा दिने भएको छ ।

सिमित अवधिका लागि घोषणा गरिएको यस अफर अन्तरगत किस्ताबन्दीमा कुनै ब्याज लाग्ने छैन भने ग्राहकले आफ्नो चाहना अनुसार बाँकी रकम ६ महिना, १२ महिना, १५ महिना र १८ महिनाको किस्ता छनौट गरेर भुक्तानी गर्ने सुविधा दिएको छ ।

कम्पनीबाट १ रुपैंयामा मा किनेको फोनमा थप १ वर्षको वारेन्टी सुविधा प्राप्त गर्नेछ भने यो अफर अन्तरगत ग्राहकहरुको मोबाइल फोन बिग्रेमा घरमा नै लिन आउने र मर्मतपछि पुर्याईदिने व्यवस्था उपलब्ध भएको ईजीले जनाएको छ । 

ईजीका अध्यक्ष संजित पौडेलले मनपरेको मोबाइल किन्न नसकिने र सेवा सुविधा नपाउने देखिएको हुँदा ग्राहकहरुलाई मासिक किस्ताबन्दीमा स्तरीय मोबाइल बिक्री र सर्भिस दिने लक्ष्य लिएको बताए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप