शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

आफ्नो शिफ्टमा कसैको मृत्यु नहोस् भनेर नर्सद्वारा २० बिरामीलाई ‘स्लो पोइजन’ को सुई दिएर हत्या

बिहीबार, २८ असार २०७५, १३ : ०२
बिहीबार, २८ असार २०७५

जापानमा एक नर्सले विषालु सुई दिएर २० वृद्ध बिरामीको हत्या गरेकी छिन् । आफ्नो शिफ्टमा कुनै बिरामीको मृत्यु हुँदा उत्पन्न हुने सवाल–जवाफबाट बच्नका लागि उनले यस्तो गरेको बताइएको छ ।

जापानी मिडियाका अनुसार योकोहामाको ओगुची अस्पतालमा सन् २०१६ को जुलाईदेखि सेप्टेम्बरका बीच ४८ जनाको मृत्यु भएको थियो । सन् २०१६ को सेप्टेम्बरमा सोजो निशिकावा (८८) र नोबुओ यामकी (८८) को मृत्युपछि पोष्टमार्टमको क्रममा शरिरमा एकै प्रकारको केमिकल पाइएपछि पुलिसलाई उजुरी दिइएको थियो । यस मामलामा सोधपुछका लागि अस्पतालकी नर्स अयूमी कुबोकी (३१) लाई हिरासतमा लिइयो । उनले दुबैको हत्या स्विकारेकी छिन् । साथै पुलिसलाई यसरी नै आफूले अन्य २० जनाको हत्या गरेको जानकारी दिइन् ।

विष यस्तो प्रकारको थियो कि शिफ्ट समाप्त पछि हुन्थ्यो मृत्युः

अयुमीले पुलिसलाई दिएको जानकारी अनुसार उनले वृद्ध बिरामीलाई बेन्जलकोनियम क्लोराइड नामको विषालु केमिकम दिन्थिन् । जसका कारण उनीहरुको बिस्तारै मृत्यु हुन्थ्यो । उनले समय यसरी मिलाउँथिन् कि बिरामीको मृत्यु उनको शिफ्ट समाप्त भएपछि हुन्थ्यो । निशिकावा र यामकीको मृत्युलाई डाक्टरले प्राकृतिक मानेका थिए । उनीहरुका साथै ८९ वर्षका अर्का बिरामी र ७८ वर्षीया महिलाको शरिरमा पनि यही केमिकल पाइएको थियो । उनीहरुको मृत्यु सन् २०१६ को सेप्टेम्बरमा भएको थियो ।

नर्सलाई शंकाको आधारमा हिरासतमा लिइयोः

अनुसन्धानको क्रममा नर्सको पहिरन जाँचियो । यसका साथै खानपिनको सामानको पनि अनुसन्धान गरियो । यसका साथै ड्रिपमा सुई लगाएको निशानामा पनि जाँचियो । त्यसपछि नर्सको शिफ्टको टाइमिङ पनि हेरियो । शंकाको आधारमा पुलिस आयुमीसम्म पुग्यो र उनलाई पक्राउ गरे । अयूमी सन् २०१५ देखि उक्त अस्पतालमा काम गरिरहेकी थिइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप