शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

‘चि मुसी चि’को कन्सर्टमा सुनिल र अलिशाको धमाका

बिहीबार, २८ असार २०७५, १२ : ५०
बिहीबार, २८ असार २०७५

धरान – चलचित्र प्रदर्शन अगाडि प्रचारको लागि कलाकार लिएर निर्माण युनिट सांगीतिक टुर सहितको देश दौडाहामा निस्किनु कुनै नौलो होइन । त्यसरी देश दौडाहामा निस्किएका मध्य कमै युनिटले धमाकेदार सांगीतिक टुर गर्ने गरेका छन् । 
केही दिन पहिले मोफसलको टुरमा निस्किएको चलचित्र ‘चि मुसी चि’ युनिटले भने देशको बिभिन्न स्थामा राम्रो कन्सट गरिरहेको छ । पूर्वी नेपालको विर्तामोडबाट सुरु भएको कन्सट बुधबार धरानमा समेत आयोजना गरिएको छ । कन्सर्टमा हजारौँ दर्शकको उपस्थिती रहेको थियो । 
‘डान्स इन्डिया डान्स सिजन ४’बाट चर्चा कमाएका सुनिल क्षेत्री र एमटिभी स्प्लिटभिल्लामा सहभागी अलिशा शर्माको समेत सहभागीता रहेको कन्सर्टमा दर्शकले नृत्यको भरपुर मज्जा लिउका छन् । 
चलचित्र ‘चि मुसी चि’का् ४ डान्सिङ्ग गीतमा सुनिल, अलिशा र सुसान्तले नृत्य प्रस्तुत गरेका थिए । सुनिल, अलिशा र सुसान्तको अभिनय चलचित्रमा पनि रहेको छ । कार्यक्रममा सहभागी दर्शकले चलचित्र प्रचारमा युनिटले अहिले सम्मकै धेरै मनोरञ्ज दिकके प्रतित्रिया दिए ।
युनिटले देशैभर प्रमोशनल कन्सर्ट गर्ने निर्देशक दिनेश श्रेष्ठले बताए । विर्तामोड, धरानसँगै हरिवन, हेटौँडा, नारायणगढ, बुटवल, भैरहवा, पोखरा, दमौली हँुदै काठमाडौ आएर कन्सट सकिने उनले बताए । 

११ श्रावणबाट देशैभर रिलीजमा आउने ‘चि मुसी चि’ अरुण कुमार गुरुङ, महेश्वर खत्री, सुबास भुर्तेल, डब बहादुर गुरुङ निर्मातारहेका छन् ।  शिवराज कार्की कार्यकारी निर्माता रहेको चलचित्रका अनिल पाण्डे र प्रिन्स युवराज कार्की प्रस्तुतकर्ता हुन् ।
चलचित्रमा सुनिल क्षेत्री, सुशान्त कार्की, अलिशा शर्मा, शिवराज कार्की, शेखर अधिकारी, कमली वाइवा, शसांक बस्याल लगायतका कलाकारहरुको अभिनय देख्न सकिन्छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप