शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

‘वीराङ्गना’ हेर्न १६ वर्षसम्मका लागि अभिभावक चाहिने

बिहीबार, २८ असार २०७५, १२ : ४८
बिहीबार, २८ असार २०७५

काठमाडौं – सशस्त्र प्रहरीको कथामा निर्माण भएको चलचित्र ‘वीराङ्गना‘ सेन्सर पास भएको छ । शुक्रबारबाट देशभर प्रदर्शनको तयारीमा रहेको चलचित्रलाई सेन्सर बोर्डले बुधबार प्रदर्शन १६ बर्ष मुनिका बालबालीकाले अभिभावकका साथ हेर्नु पर्ने प्रमाणपत्र थमाउदै पास  गरेको हो । 

एक्शन जनरामा बनेको नारी प्रदान बताइएको चलचित्र राजबहादुर साने निर्देशन गरेका हुन् । हरिबोल लामाको छायांकन र तारा थापाको सम्पादन रहेको चलचित्रमा बाबुराम दास, श्याम बहादुर थापा, रघु परियार, देव तामाङ र विमला भट्ट निर्माता तथा सुमि चाम्लिङ राई सह निर्माता रहेका छन् । 

र्फोथ आई मुभिजको ब्यानरमा निर्माण गरिएको चलचित्रमा शिल्पा पोखरले अनुप बिक्रम शाही, पृथ्वी राज प्रसाई, धिरेन शाक्य, प्रज्वल गिरी, प्रिया रिजाल, धु्रव कोईराला, सुशील पोखरेल अंशु थापा, अमृत सापकोटा लगायतका कलाकारको अभिनय रहेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप