शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

‘सञ्जु’ मा मनिषाको भूमिकाबारे संजय दत्तकी बहिनीले यसो भनिन्

बिहीबार, २८ असार २०७५, १२ : ०५
बिहीबार, २८ असार २०७५

सञ्जु फिल्मले आजकाल बक्स अफिसमा निकै राम्रो व्यापार गरिरहेको छ । फिल्मलाई प्रशंसक र फिल्मी जगतका हस्तीले निकै राम्रो प्रतिक्रिया दिइरहेका छन् । फिल्मका हरेक पात्रको कामको प्रशंसा गरिएको छ । तर संजय दत्तकी बहिनी नम्रता दत्त भने फिल्मका दुई पात्रसँग खुसी छैनन् ।

स्पटब्वाईलाई दिएको अन्तर्वार्तामा नम्रताले सञ्जु हेरेपछि संजय दत्तको रिल र रियल लाइफ दुबैसँग जोडिएका विभिन्न राज खोलिन् । नम्रताले भनिन्, ‘मैले फिल्म हेरें । फिल्ममा संजयको जीवनका विभिन्न पाटा देखाइएका छन् । यी पाटासँग परिवारको निकै गहिरो सम्बन्ध छ ।’

नम्रताले उनका लागि फिल्मबारे कमेन्ट गर्न सजिलो नभएको बताएपनि रणबीरको कामको भने निकै प्रशंसा गरेकी छिन् ।

नम्रताले भनिन्, ‘फिल्ममा सञ्जुको ड्रग र जेलसँग सम्बन्धित विभिन्न कुराहरु देखाइएका छन् ।  त्यतिबेला पापा सधैं सञ्जुको साथमा रहे । त्यो समय पापाका लागि निकै मुश्किल समय थियो । एक योद्धाले झैं दुबैले त्यो मुश्किल समयसँग लडे । पापा र सञ्जु दुबै सधैं एक अर्काको सपोर्ट सिस्टम बने ।’

नम्रतालाई सञ्जु फिल्ममा सुनिल दत्तको भूमिका मन परेन । यसबारे उनी भन्छिन्, ‘मेरो पापाको भूमिका कसैले पनि निभाउन सक्दैन । उनी मेरो र परिवारका लागि निकै विशेष छन् ।’

आमा नरगिसको भूमिकामा मनिषा कोइरालालाई देखेपछि नम्रताले भनिन्, ‘निकै गाह्रो छ आमा–बुवाको भूमिका निभाउन । दुबै आइकोनिक रोल हो । तर दर्शकलाई फिल्ममा दुबैको भूमिका मन पर्यो, त्यो नै राम्रो कुरा हो ।’

संजय दत्तका साथीबारे नम्रताले भनिन्, ‘सञ्जुका निकै कम साथी छन् । यस्तोमा फिल्ममा विक्की कौशलको भूमिका एक साथीको होइन विभिन्न साथीहरुको भूमिका मिलाएर बनाइएको हो ।’

संजय दत्तको रियल लाइफमा नम्रताले भनिन्, ‘संजयमा समयसँगै निकै परिवर्तन आएको छ । हामीले निकै नराम्रो समय एकसाथ भोग्यौं । सञ्जु जेल जानु हाम्रो परिवारका लागि सबैभन्दा ठूलो इमोशनल ट्रमा थियो । तर जब संजय स्वतन्त्र भए तब पापा यो दुनियाँमा हुनुहुन्थेन । संजयलाई साधारण र स्वतन्त्र देख्दा  उहाँको खुसीमा रहँदैनथ्यो ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप