शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

अमेरिकाको वर्ल्ड फिल्म फेष्टिभल नेपाली चलचित्रको प्रदर्शन

बिहीबार, २८ असार २०७५, ११ : ५४
बिहीबार, २८ असार २०७५

काठमाडौं – २५ देखि २७ अक्टोबरसम्म अमेरिकाको लस एन्जलमा आयोजना हुने ‘वल्र्ड फिल्म फेष्टिभल २०१८’मा नेपाली चलचित्रको पनि सहभागतिा रहने भएको छ । फेष्टिभलमा नेपाली चलचित्र, छोटो चलचित्र , डकुमेन्ट्रि चलचित्र लगायतले भाग लिन सक्ने फेष्टिभलका नेपाली फिल्म संयोजक निर्माता सुनिल रावल बताए । 

नेपाली कलासस्कृति झल्किने खालका चलचित्रलाई फेष्टिभवलमा अवसर दिने रावलको भनाई रहेकोछ । नेपालबाट फेष्टिभलमा लैजाने चलचित्रको संयोजन निर्माता एवं बितरक गोबिन्द शाही रहेका छन् । 

फेष्टिभलका लागि चलचित्रको छनौट १५ अक्टोबर भित्र गरिनेछ । जसका लागि चलचित्र छोटा चलचित्र र डकुमेन्ट्रि चलचित्र १५ अक्टोभर भित्र छानिने निर्माता शाहीले बताए । छनौटमा परेका चलचित्र, छोटो चलचित्र तथा डकुमेन्ट्री फेष्टिभलमा प्रदर्शन हुनेछ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप