शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

ट्रेलर यस्तो देखियो ‘साली कसको भेनाको’

बिहीबार, २८ असार २०७५, ११ : ५३
बिहीबार, २८ असार २०७५

काठमाडौं – कमेडियन बिल्सन बिक्रम राई, बुद्धि तामाङ, रजनी गुरुङ, मरिश्का पोखरेल, सुष्मा कार्की, जयनन्द लामा, कविता आले, बिरेन श्रेष्ठ, पुष्प आचार्य लगायतका कलाकारको अभिनय रहेको चलचित्र ‘साली कस्को भेनाको’को प्रदर्शनका लागि तयार भएको छ । 

२९ भदौ प्रदर्शन मिति तोकेको यो चलचित्रको अहिले ट्रेलर सार्वजनिक गरिएको छ । ट्रेलरमा चलचित्रको मुख्य अंस समेटिएको छ । चलचित्र भद्र भुजेलले निर्देशन गरेका हुन् । 

चलचित्रमा कमेडियन बिल्सन बिक्रम राईलाई निकै रमाइलो पारामा प्रस्तुत गरिएकोले दर्शकले मनपराउन सक्ने निर्देशक भद्रले बताए ।

प्रसाद श्रेष्ठको प्रस्तुति रहेको चलचत्रिको निर्मातामा रामप्रसाद श्रेष्ठ, सुशील गोपाल न्याछ्यो र काजिमान श्रेष्ठ , कमला भट्टराई र मुक्ति अधिकारी रहेका छन् । 

प्रसाद श्रेष्ठ, सुरज शाही ठकुरी र मिन घलानको संगीतरहेको चलचित्र मुभिङ पिक्चर्स प्रालिको ब्यानरमा निर्माण भएको हो ।

यस अघि कान्छी र कर्जा चलचित्र  बनाएका निर्माता प्रसादले लामो समयपछि यो चलचित्र मार्फत निर्माणमा पुनरागमन गरेका हुन् । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप