बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

अमेरिकाको एक सहर जहाँ सवा करोड कमाउनेलाई पनि ‘गरिब’ मानिन्छ

बिहीबार, २८ असार २०७५, ११ : ४९
बिहीबार, २८ असार २०७५

नेपालमा लाख वरपर तलब हुने मानिसहरु साथीहरुको इष्र्याको पात्र हुन्छन् । समाजमा उनीहरुलाई सफल मानिन्छ ।

तर संसारमा एक यस्तो शहर पनि छ जहाँ सवा करोड कमाउने मानिसलाई पनि गरिब सम्झिइन्छ । यो अमेरिकाको सान फ्रान्सिस्को सहर हो ।

अमेरिकाको आवासीय तथा शहरी विकास विभागले हालै जारी गरेको रिपोर्टले यसै तर्फ इशारा गर्छ ।

रिपोर्ट सान फ्रान्सिस्को, सान माटिया र त्यसको वरपरको क्षेत्रमा रहने चार सदस्यको परिवारले यदी सबा करोड रुपैया कमाउछन् भने उनीहरुलाई न्यून आय भएको परिवार मानिन्छ ।

त्यस्तै यदी कोही परिवार ८० करोड रुपैया कमाउछन् भने पनि उ गरिब हो । अमेरिकाको अन्य क्षेत्रको तुलनामा यो सहरमा गरिबहरुको सङ्ख्या कयैन बढी छ ।

अमेरिकामा को गरिब को धनि ?


बु्रकिङ्ग इन्स्टीट्यूटको बेवसाइट द ह्यामिल्टन प्रोजेक्टको एक सर्बेले अमेरिकामा मानिसहरुको कमाईमा निक्कै अन्तर रहेको देखाएको छ ।

अमेरिकाको लगभग दुई–तिहाई परिवारको कमाई सान फ्रान्सिस्कोको सवा करोड कमाउने ‘न्यून आयको परिवार’को भन्दा कम छ ।

अमेरिकामा चार सदस्यीय परिवारको औसत कमाई लगभग ९९ लाख रुपैयाँ छ । उता यो भन्दा धेरै सदस्य रहेका परिवारको औसत कमाई ६५ लाख रुपैया रहेको छ । 
३२ करोड जनसङ्ख्या भएको अमेरिकामा चार करोडभन्दा धेरै मनिसहरु गरिबीको रेखा मुनि रहेका छन् । गरिबीका रेखा मुनि रहेका चार सदस्यीय अमेरिकी परिवारको औसत कमाई २७ लाख रुपैया रहेको छ ।

केही ठूला सहरहरुको तुलनामा अमेरिकाका अन्य भागहरुको कमाई धेरै कमी छ ।

सान फ्रान्सिस्को अन्य सहरहरुभन्दा कसरी फरक ?

यो श्रेणीमा सान फ्रान्सिस्को पनि छ । यो सहरमा सुचना र प्रविधि उद्योगको उलेख्य उपस्थिति रहेको छ । जसले गर्दा यहाँ बस्ने मानिसहरुको कमाई पनि राम्रो हुनेगर्छ ।

राम्रो कमाईको चाहना गर्नेहरुको लागि यो सहर सपनाको गन्तव्य हो ।

सान फ्रान्सिस्कोको शहरी क्षेत्रमा सन् २००८ देखि २०१६ बीच २५ देखि ६४ वर्ष उमेरको सक्रिय जनसङ्ख्याको कमाई २६% सम्म बढेको छ । अन्य सहरको तुलनामा यो निक्कै बढी हो ।
सन् २०१६ सम्म यहाँको मानिसहरुको औसत कमाई लगभग ६९ लाख रुपैया पुगिसकेको थियो ।

निसन्देह अमेरिकाको अन्य क्षेत्रहरुमा मानिसहरुलाई बढी तलब दिइन्छ । सान जोसमा २५ देखि ६४ वर्षको सक्रिय जनसङ्खयाको औसत कमाई ७२ लाख रुपैयाँ र वाशिन्टन डीसीमा लगभग ६७ लाख रुपैया छ भने बोस्टनमा लगभग ६१ लाख रुपैया रहेको छ ।

कुन पेसामा कति कमाई 
अमेरिकामा बढी कमाई हुने सहरमा अन्य पेशाका मानिसहरुलाई राम्रो तलब दिइन्छ ।

सान फ्रान्सिस्कोमा डाक्टरहरुले सबैभन्दा बढी कमाई गर्छन् । डाक्टरहरुको औसत कमाई २ करोड ११ लाख रुपैया भन्दा बढी हुन्छ । सरकारी अधिकारीहरुको औसत कमाई १ करोड ८४ लाख रुपैया छ । त्यस्तै सफ्टवेयर इन्जिनियरहरुको कमाई १ करोड २८ लाख रुपैया बराबर छ । 

हुनत यहाँ कम कमाई गर्ने मानिसहरु पनि हुन्छन् । सान फ्रान्सिस्कोमा सबैभन्दा कम कमाई गर्ने पेशा कृषि हो । यहाँ कृषकले औसत २१ लाख कमाउछन् । उनीहरुको भन्दा बढी कमाई त बच्चाको रेखदेख गर्नेहरुको हुन्छ । उनीहरु २४ लाख रुपैया कमाई गर्छन् ।

कमाईभन्दा खर्च धेरै 
निश्चयनै यो आय बढी हो तर यहाँ जीवनस्तर धान्नको लागि पनि उस्तै खर्च हुन्छ । 

सान फ्रान्सिस्कोमा जीवनस्तर धान्नको लागि अमेरिकाको औसत खर्चको तुलनामा २५% बढी खर्च गर्नु पर्छ ।

तथापी राष्ट्रिय औसतभन्दा यहाँको मानिसहरुको कमाई ४५% बढी रहेको छ ।

सान फ्रान्सिस्कोमा २ बेडरुम, भान्छा र हल भएको एउटा अपार्टमेन्टको लागि प्रति महिना ३ लाख रुपैया तिर्नुपर्छ । सन् २००८ मा यो रकम करिब डेढ लाख रुपैया बराबर थियो ।

ओहायो जस्तो राज्यहरुमा आबास खर्च ९३ लाख रुपैया छ । यी सहरहरुको तुलनामा सान फ्रान्सिस्कोमा कमाईको अनुपातमा आवास भाडाको खर्च धेरै बढी रहेको छ ।
निश्चयनै अन्य शहरहरुको तुलनामा यहाँको कमाई दुई गुणा बढी छ तर यहाँको बसाईमै २७० प्रतिशत बढी खर्च गर्नु पर्छ ।

यस्तोमा सान फ्रान्सिस्कोमा बस्नु कुनै आर्थिक चुनौतीभन्दा कम छैन । अमेरिकी सरकारको मापदण्ड अनुसार समान क्षेत्रमा समान सदस्य भएको परिवारको औसत कमाईको ८०% वा त्यो भन्दा कम कमाउनेहरु गरिब हुन् ।
सान फ्रान्सिस्कोको स्थानीय सरकारले बढी भाडाको कारण १ करोड २८ लाख रुपैयाको आम्दानीलाई ‘न्यून आय’ तोकेको छ । यहाँ चार सदस्यीय परिवारको औसत कमाई लगभग १ करोड ३० लाख रुपैया छ ।
तथापी १ करोड ८० लाखभन्दा कम कमाई गर्नेहरु सरकारको तर्फबाट दिइने घरभाडा भत्ता वा अन्य सहायताको हकदार मानिदैन ।
सान फ्रान्सिस्को एक महंङ्गो क्षेत्र भएर पनि यहाँको आरामदायी मौसम र समृद्ध सस्कृतीले वर्षेने लाखौं मानिसहरुलाई आकर्षित गर्छ । आरामदायी जिन्दगी जिउन चाहनेहरु यो सहरमा आइरहन्छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप