सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

थाइल्याण्डः संसारले उत्सव मनाइरहँदा उद्धार टीमका यी डाक्टरका लागि भने दुःखको घडी

बिहीबार, २८ असार २०७५, ०९ : २१
बिहीबार, २८ असार २०७५

थाइल्याण्डको गुफामा फसेका १२ बालकहरु र उनीहरुका प्रशिक्षकलाई सफलतापूर्वक बाहिर निकालिएको छ । यो उद्दारकार्यमा संसारभरीको नजर अडिएको थियो । संसारभरीका करिब २० विशेषज्ञको टोली यसको हिस्सा थियो जसको अथक प्रसासपछि बालकहरुको जीवन बचाइयो । यो समूहमा पुलिसका गोताखोर, नेवी गोताखोरका साथै डाक्टरहरु पनि समावेश थिए । यीमध्ये एक थिए डाक्टर रिचर्ड ह्यारिस ।

स्रोतका अनुसार डाक्टर ह्यारिस एक अष्ट्रेलियन डाक्टर हुन् र उद्दार टीमका ती सदस्य थिए जो सबैलाई सकुशल बाहिर निकालेपछि सबैभन्दा अन्त्यमा बाहिर आएका थिए । तर बाहिर आउने बित्तिकै उनी त्यति खुसी हुन सकेनन् जति उनी हुनुपर्दथ्यो । जीवन र मृत्युसँग लडेर बाहिर निस्किएपछि उनले आफ्नो बुवाको निधन भएको खबर पाए । ह्यारिसका बोस र मेडस्टार क्लिनिकल डिरेक्टर एन्ड्रूय पियर्सले एक विज्ञप्ति जारी गर्दै यसबारे जानकारी दिएका हुन् । 

उनका अनुसार जब उनी गुफाभित्र थिए तब उनले आफ्नो बुवासँग फोनमा कुरा गरेका थिए तर बाहिर आएलगत्तै उनले बुवाको निधनको सूचना पाए । एकातर्फ जहाँ सारा दुनियाँ यो सफल उद्दार अभियानको उत्सव मनाइरहेका थिए भने उनका लागि यो दुःखको घडी हो ।

छुट्टी मनाउन निस्किएका थिए, तर...

अष्ट्रेलियाको एडिलेडका एनेस्थेटिस्ट डा. ह्यारिस आफ्नो छुट्टी मनाउन निस्किएका थिए तर उनलाई थाइल्याण्डको गुफामा फसेका १२ फुटबल खेलाडी र उनीहरुका प्रशिक्षकका लागि उनलाई फोन गरेर बोलाइयो । उनलाई गुफाभित्र फसेकाहरुलाई मेडिकल सुविधा दिनका लागि बोलाइएको थियो । ह्यारिसले गुफाभित्र गएर बालकहरुको स्वास्थ्य परिक्षण गरे र बाहिर निस्किएको थुप्रै घण्टापछि मात्र गुफा बाहिर निस्किए । जानकारीका अनुसार ब्रिटिश गोताखोरले उनको नाम सुझाएपछि उनलाई मद्दतका लागि बोलाइएको हो । ब्रिटिश गोताखोरका अनुसार डा. ह्यारिससँग ३० वर्षको मेडिकल अपरेशनको अनुभव छ ।

विदेश मामलाका मन्त्री जुली बिशपले पनि डा. ह्यारिसको तारिफ गर्दै उनले बच्चालाई सुरक्षित तरिकाले बचाउन महत्वपूर्ण भूमिका निभाएको बताइन् । उनी अष्ट्रेलियन मेडिकल असिस्टेन्ट टीमका महत्वपूर्ण हिस्सा बताइन्छ जो विदेशमा हुने यस्तो प्रकारको घटनामा पनि भरपुर सहयोग प्रदान गर्छ ।

डा. ह्यारिस मल्टिट्यालेन्टेड भएका कारण निकै सजिलो भयोः

डा. ह्यारिस गुफाभित्र फसेका बालकहरुको स्वास्थ्य उपचार गरेपछि उनले कसलाई पहिला उद्दार गर्ने र कसले  केही समय प्रतिक्षा गर्न सक्छन् भन्ने जानकारी दिन्थे । अष्ट्रेलियन मेडिकल असोसिएशनका अनुसार डा. ह्यारिसले आफ्नो ज्यान खतरामा राखेर ती बालकहरुको उद्दर गरेका हुन् ।

असोसिएसनले  ट्वीट गरेर डा. ह्यारिस एक अद्भूत डाक्टर र उत्कृष्ट व्यक्ति बताएको छ । यतिमात्र होइन, उनीसँग मेडिकल कौशल हुनुका साथै उनीसँग गोताखोरको अनुभव पनि थियो । र यो उनको अनुभवले बालकहरुलाई बाहिर निकाल्न निकै काम लाग्यो । एक प्रकारले उनलाई यो उद्दार अभियानको हिरो नै हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप