शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

ढिस्कोले पुर्दा एक वृद्धाको मृत्यु

बिहीबार, २८ असार २०७५, ०८ : ५६
बिहीबार, २८ असार २०७५

बागलुङ — बागलुङमा घर लिप्ने माटो खन्ने क्रममा खोल्डोभित्र रहेको अवस्थामा माटोको ढिस्कोले पुर्दा एक वृद्धाको मृत्यु भएको छ।

जिल्लाको पश्चिम निसीखोला गाउँपालिका(२ काल्नेचौरस्थित रातामाटा भन्ने ठाउँमा माटो खन्दै गरेको अवस्थामा माथिबाट खसेको ढिस्कोले पुरिँदा निसीखोला २, बायखोलाकी ६० वार्षीया भूमा कुँवरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालग बागलुङका प्रहरी उपरीक्षक दीपक रेग्मीले जानकारी दिए ।

सोही घटनामा बायखोलाकै २८ वर्षीया कौशिला कार्की घाइते भएकी छिन। कुवँरको घटनास्थलमै मृत्यु भएको हो भने घाइते कार्कीको खुट्टामा चोट लागेको छ।

यस अघि गएको फागुनमा सोही स्थानमा माटोको ढिस्कोले पुरिँदा अम्बी बिक घाइते भएपछि लामो समयको उपचारपछि उनलाई निको भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप