शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

विश्वकपः दोस्रो फाइनलिष्ट क्रोएशियाबारे कति थाहा छ तपाईंलाई

बिहीबार, २८ असार २०७५, ०८ : ४४
बिहीबार, २८ असार २०७५

बीबीसी

फुटबल विश्वकप जब सुरु भएको थियो तब मानिसहरु ब्राजिल, अर्जेन्टिना, पोर्चुगल र जर्मनीको नारा लगाइरहेका थिए तर केही दिनभित्रै स्पष्ट भयो कि खेलले सबैलाई चकित बनाउनेछ ।

नाम चलिसकेका पुराना खेलाडी विश्वकपबाट बाहिरिसकेका छन् । नयाँ खेलाडी चम्किएका छन् ।

विश्वकपको उपाधि जित्ने प्रतिस्पर्धामा फ्रान्सले आफ्नो स्थान बनाएर उसको नाक मुनिबाट कप उठाउनु कुनै बच्चाको खेल होइन भन्ने पुष्टि गरिसकेको छ ।

तर इतिहास रचेको छ दोस्रो सेमिफाइनलमा इंगल्याण्डलाई हराएको क्रोएशियाले । यो सानो युरोपेली देशको फुटबल टीम अब विश्वकप फाइनलमा फ्रान्ससँग भिड्नेछ ।

कहाँ छ क्रोएशिया ?

मात्र ४० लाख जनसंख्या भएको यो देशका हरेक बासिन्दा आफ्नो टीमको यो सफलतामाथि सजिलै विश्वास गर्न सकिरहेका छैनन् । स्वतन्त्र भएपछि अहिलेसम्म खेलेको ६ खेलमध्ये पाँच फुटबल विश्वकपमा स्थान बनाउन र सन् १९९८ मा सेमिफाइनलसम्म पुग्न कसरी सफल भयो भन्ने बारे  क्रोएसिया आफैंले पनि यसको जवाफ दिन सक्दैन ।

फुटबलका जानकारलाई उद्धृत गर्दै ‘द सन’ भन्छ – पूर्ववर्ती युगोस्लावियाको एकेडेमी सिस्टमका कारण यति कम समयमा क्रोएशियाले यो खेलमा यति धेरै नाम कमाएको हो ।

सन् १९८७ मा चिलीमा खेलिएको वर्ल्ड अन्डर–२० च्याम्पियनशिप जितेर उसले संसारमा धमाका मच्चाएको थियो ।

चिली, ब्राजिल र वेस्ट जर्मनीजस्ता शक्तिशाली टीमलाई हराएपछि युगोस्लाविया सायद सबैभन्दा शानदार युवा टीम हो भन्न थालिएको थियो तर यो कुरा पुष्टि हुन सकेन ।

चार वर्षपछि सन् १९९१ मा बाल्कन युद्ध सुरु भयो । त्यसको सात वर्षपछि फ्रान्समा खेलिएको विश्वकपमा रातो–सेतो चेक जर्सी लगाएका खेलाडीले संसारलाई बताए कि क्रोएशियाको सपना कति ठूलो छ ।

युद्ध समाप्त भएको तीन वर्षपछि पाएको यो खुसी  क्रोएशियाका लागि आफ्नो स्थान तय गर्न निकै सफल साबित भयो ।

डिनामो जाग्रेब एकेडेमीको कुरा गर्न यहाँ आवश्यक छ किनभने त्यसैले लुका मोदरिक, डेजान लोवरन, सिमे विरास्लाजको, मारियो मान्दजुचिक र मातेओ कोवासिचजस्ता खेलाडी जन्माएको छ ।

तर यो खेलबाट नाम कमाउने क्रोएशियाले आफ्नो तर्फबाट निकै संघर्ष गरेको छ ।

क्रोएशियाको इतिहासः

फुटबलको बहानामा क्रोएशियाबारे थाहा पाउने यो सही समय हुनसक्छ । यो देश मध्य र दक्षिण–पूर्व युरोप बिच भागमा बसेको छ, एड्रियाटिक सागर नजिक ।

क्रोएशियाको राजधानीको नाम जाग्रेब हो र करिब ५६ हजार वर्ष किलोमिटर फैलिएको यो देशमा धेरैजसो रोमन क्याथोलिक छन् ।

क्रोएशियाली यहाँ छैठौं शताब्दीमा आएर बसेका थिए र टोमिस्लाव यहाँको पहिलो राजा बनेका थिए । सन् ११०२ मा उनीहरु हंगरीसँग मिले र १५२७ मा अटोमन साम्राज्यको फैलँदो प्रभावको सामुन्ने क्रोएशियाली संसदले फर्डिनेन्ड अफ ह्याब्सबर्गलाई आफ्नो राजा माने ।

१९ औं शताब्दिको सुरुवातमा यो देशको टुक्रा फ्रान्सेली इलिरियर प्रोभिन्समा सम्मिलित भयो जबकी अष्ट्रिया–हंगेरीले बोस्निया हर्जोगोविनामाथि कब्जा जमायो ।

यो विवाद सन् १८७८ मा भएको बर्लिन सन्धीमा सुल्झाइयो ।

नाजीहरुको कब्जाः

सन् १९१८ मा जब क्रोएशियाली संसद (सबोर) ले स्वतन्त्रताको घोषणा गरे तब ‘स्टेट अफ स्लोवेनस, क्रोएट्स एन्ड सर्ब’ सँग जोडिने निर्णय गरेको  ।

सन् १९४१ को अप्रिलमा नाजी जर्मनीको अगुवाईमा ध्रुवीय शक्तिले युगोस्लावियामाथि कब्जा गरेपछि क्रोएशियाको धेरैजसो हिस्सा नाजी समर्थन भएको क्लाइन्ट स्टेटमा गयो ।

त्यसपछि विरोध सुरु भयो फलस्वरुप फेडरल स्टेट अफ क्रोएशिया बन्यो । त्यसपछि सोशलिष्ट फेडरल रिपब्लिक अफ युगोस्लावियाको संस्थापक सदस्य र संघीय अंश बन्यो ।

सन् १९१८ देखि १९९१ का बीच क्रोएशिया, युगोस्लावियाको हिस्सा रह्यो ।

तर पहिले सोभियत रुस र त्यसपछि युगोस्लाविया छरिएका कारण स्थिती बिग्रिएपछि क्रोएशियाले ठूलो मूल्य चुकाउनु पर्यो ।

समस्या नै समस्याः

बढ्दो तनावबीच क्रोएशियाले सन् १९९१ जून २५ मा स्वतन्त्रताको घोषणा गर्यो । यद्यपी, सन् १९९१ अक्टोबर ८ मा मात्र यो घोषणापत्रलाई पूर्ण रुपमा लागू गरियो ।

यसैबीच हालात बिग्रिरहेको थियो किनभने युगोस्लाव पब्लिक आर्मी र सर्ब प्यारामिलिट्री समूहले क्रोएशियामाथि हमलाको घोषणा गरेको थियो ।

सन् १९९१ को अन्त्यमा स्थिती यस्तो थियो कि क्रोएशियासँग आफ्नो एक–तिहाई जमिनमा कब्जा बाँकी थियो । क्रोएशिया मूलका मानिसहरुलाई निशाना बनाइयो । लाखौं मारिए र बेघर भए ।

सन् १९९२ जनवरीमा क्रोएशियाले युरोपेली इकोनोमिक कम्युनिटीबाट मान्यता पायो र त्यसपछि संयुत्त, राष्ट्रले उसलाई पहिचान दियो । सन् १९९५ अगस्टमा युद्ध समाप्त भएपछि स्पष्ट भयो कि जीत क्रोएशियाको नै भएको छ ।

यसका साथै बागी इलाकाबाट दुई लाख सर्बियाली खेदिए र यक्त स्थानमा बोस्निाया र हेर्जेगोविनाबाट आएका क्रोएशियाली शरणार्थी बसाउन काम लाग्यो ।

र त्यसपछि रिकभरीको यात्रा

कब्जामा रहेका बाँकी इलाका क्रोएशियाले सन् १९९५ नोभेम्बरमा एक सम्झौतापछि पायो । तर युद्धपछि पनि क्रोएशियाका समस्या समाप्त भएनन् किनभने पुनः आफ्नो खट्टामा उभिन क्रोएशियालाई निकै समय लाग्ने निश्चित थियो ।

सन् २००० पछिको समय क्रोएशियामा लोकतन्त्र बलियो भयो, साथै आर्थिक विकास हुनुका साथै ढाँचागत सामाजिक सुधार आयो । यसका साथै बेरोजगार, भ्रष्टाचार र प्रशासनिक अराजकताजस्ता समस्या पनि ।

तर क्रोएशियाले लामो यात्रा पनि तय गर्यो । युरोपेली संघ, संयुक्त राष्ट्र, युरोपेली परिषद्, नेटो, डब्ल्यूटीओको सदस्य देश पनि बन्यो ।

युएन पिस किपिङ फोर्सको सक्रिय सदस्य भएका कारण क्रोएशिया नेटोको अगुवाई भएका थुप्रै मिसनमा आफ्नो सैनिक पठाउने गर्छ ।

क्रोएशियाको अर्थव्यवस्था सर्भिस, इन्डिष्ट्रि र खेतीमा आधारित छ । पर्यटन पनि कमाईको निकै राम्रो स्रोत हो । क्रोएशिया संसारको शीर्ष २० पर्यटन स्थलमा सूचित छ ।

विकास र संघर्षबीच क्रोएशियाले फुटबललाई प्रत्येक पल्ट आफ्नो नयाँ र पुरानो घाउमा मलमपट्टीको रुपमा प्रयोग गर्दै आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप