शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

क्रोएसिया पहिलोपटक फाइनलमा, अब फ्रान्ससँग भिड्ने

बिहीबार, २८ असार २०७५, ०२ : २४
बिहीबार, २८ असार २०७५

काठमाडौं । अतिरिक्त समयमा मारियो माज्डुकिकले निर्णायक गोल गरेपछि इंग्ल्यान्डलाई २–१ ले हराउँदै क्रोएसियाले रसियामा जारी विश्वकपको फाइनलमा स्थान बनाएको छ । टोलीले विश्वकपको फाइनलमा स्थान बनाएको यो पहिलो पटक हो ।

बुधबार सम्पन्न खेलमा क्रोएसिया र इंग्ल्यान्डले ९० मिनेटसम्म १–१ गोलको बराबरी खेलेका थिए । इङल्यान्डलाई ट्रिपियरले खेलको ५ औं मिनेटमै अग्रता दिलाएका थिए । तर निकै आक्रामक देखिएको क्रोएसियाबाट खेलको ६८ औं मिनेटमा इभान पेरिसिकले बराबरी गोल फर्काए । 

अब, आइतबार नेपाली समयअनुसार ८ बजेर ४५ मिनेट जाँदा हुने फाइनल खेलमा क्रोएसियाले उपाधिका लागि फ्रान्ससँग प्रतिस्पर्धा गर्नेछ । सेमिफाइनलमा पराजित भएको इङल्यान्डले शनिबार नेपाली समयअनुसार ७ बजेर ४५ मिनेट जाँदा सुरु हुने तेस्रो स्थानको प्लेअफ खेलमा बेल्जियमसँग प्रतिस्पर्धा गर्नेछ । 

डेब्यु विश्वकपमै सेमिफाइनल 

सन् १९९१ मा युगोस्लाभियाबाट स्वतन्त्र भएपछि क्रोएसियाले पहिलो पटक सन् १९९८ को विश्वकप खेलेको थियो । त्यतिबेला सेमिफाइनलमा पराजित भएको क्रोएसियाले तेस्रो स्थानका लागि भएको खेलमा नेदरल्यान्डस्लाई हराएको थियो । 

त्यसयता सन् २००२ र सन् २००६ को विश्वकपमा समुह चरणबाटै बाहिरिएको क्रोएसिया सन् २०१० मा छनोट समेत हुन सकेन । ब्राजिलमा चार वर्षअघि भएको पछिल्लो विश्वकपमा क्रोयशिया छनोट भएको थियो । तर पहिलो, चरणबाटै बाहिरियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप