शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

युवा समितिद्धारा स्वस्थ, कर्मठ र उद्यमी युवाको खोजी

बुधबार, २७ असार २०७५, २१ : २५
बुधबार, २७ असार २०७५

-रामहरी श्रेष्ठ 

ओखलढुंगा । जिल्ला युवा समिति ओखलढुंगाले स्वस्थ, कर्मठ र उद्यमी युवाको खोजी गरेको छ । प्ररम्भिक रुपमा २०७३ सालबाट जिल्लामा युवाका सवालमा काम गर्दै आएको समितिले यस बीचमा विभिन्न गतिविधीहरु सञ्चालन गरेको छ । 

‘समृद्ध नेपालका लागि स्वस्थ, कर्मठ र उद्यमी युवा’ भन्ने नारालाई मुलमन्त्र बनाई युवालाई लक्षित गरेर विभिन्न गतिविधि गर्दै आएको समितिले युवा स्वरोजगार र युवा स्वरोजगार प्रतिभावको खोज गरेको हो ।

जसमा समितिले सञ्चालन गरेका विभिन्न सिपमूलक कार्यक्रममार्फत करीब एक दर्जन युवाहरु आफ्नै व्यवसायमा आबद्ध भएका छन् । कृषि, पशुपालन तथा विभिन्न उद्यममा आबद्ध युवाहरुलाई प्रोत्साहानका लागि समितिले युवा स्वरोजगार कार्यक्रम अन्तर्गत बिना धितो, निब्र्याजी ५ लाख रुपैयाँ ऋणको समेत व्यवस्था गराएको छ ।

नेपाल सरकारको एक वडा दश युवा स्वरोजगार कार्यक्रमअनुसार गत आर्थिक बर्षमा दुई निर्वाचन क्षेत्रका दुई युवा उद्यमीलाई निव्र्याजी ऋणको व्यवस्था गरको थियो । जसमा क्षेत्र नं. १ स्थित रागादिपका जीतकुमार राई र क्षेत्र नं. २ स्थित विलन्दुका महेश सुनुवारलाई युवा स्वरोजगार कोषको रकम उपलब्ध गराईएको होे । त्यस्तै यस आर्थिक वर्षमा सिद्धिचरण नगरपालिका–३ का शुसिला खनाल र चिशंखुगढी ६ का एक युवालाई ५/५ लाख उपलब्ध गराईएको छ ।

साथै युवा प्रतिभा तथा उद्यमी सम्मान कार्यक्रम अन्तर्गत जिल्लाका चारजना युवाहरुलाई पुरस्कृत पनि गरेको छ । समितिले खेलकुद, उद्यम व्यवसाय, कृषी, पशुपालन संरक्षणमा क्रियाशिल युवाहरुलाई प्रमाणपत्रसहित सम्मन गरेको हो । 

सम्मनित हुनेमा बाख्रा पालनतर्फ सन्तोष घिमिरे, कृषीतर्फ जिरकुमारी मगर, राडीपाखीमा जानुका गुरुङ र खेलकुदमा राष्ट्रिय खेलाडी हरी बहादुर अधिकारीलाई सम्मान गरिएको जिल्ला युवा समिति ओखलढुङ्गाका अध्यक्ष सुधिर कार्कीले बताए ।

समितिले दुई अर्थिक बर्षमा युवा उद्यामी, युवा स्वरोजगार तथा युवा प्रतिभावका विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आउको छ । पछिल्लो समयमा वैदेशिक रोजगारीका निम्ति धेरै युवा जनशक्ति देश बाहिर जाने भएकाले उक्त शक्तिलाई स्वदेशमै परिचारन गर्न आगामी दिनमा युवा लक्षित कार्यक्रममा स्थानिय तहले बिशेष कार्यक्रम नै ल्याउनुपर्ने अध्यक्ष कार्कीले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप