केन्द्रीय संस्करण

रेलमार्ग निर्माणमा भारतको प्राविधिक सहयोग लिइने

person access_timeअसार २७, २०७५ chat_bubble_outline0

काठमाडौँ । भारतसँग सीमा जोडिएका पाँच वटा नाकालाई रेलमार्गले जोड्ने विषयमा नेपाल र भारतका रेल अधिकारीबीच भएको छलफलले प्राविधिक सहयोगको व्यवस्था गर्न दुवै देशका सरकारलाई सुझाव दिने निष्कर्ष निकालेको छ । 

छलफलका लागि भारतीय रेल अधिकारीको समूह आइतबार नेपाल आएको थियो । दुई दिनसम्म भएको छलफलमा जनकपुर–जयनगर ३५ किमी ब्रोडगेज रेलमार्ग यसै वर्ष कात्तिकमा पूरा हुने भएकाले प्राविधिक जाँच गरी पुसदेखि नै रेल सञ्चालन गर्ने विषयमा वार्ता भएको रेल विभागका प्रवक्ता प्रकाशभक्त उपाध्यायले जानकारी दिए । 

विराटनगर, जनकपुर, वीरगञ्ज, नेपालगन्ज र भैरहवासम्म सामान ढुवानी गर्ने रेल ल्याउने विषयमा छलफल भएको थियो । छलफलमा नेपालका तर्फबाट भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र रेल विभागका अधिकारीहरु सहभागी भएका थिए । 

नेपालसँग ब्रोडगेजमा रेल चलाएको अनुभव नभएकाले एक वर्ष भारतीय कम्पनीको रेल लिजमा चलाई नेपालीलाई प्राविधिक ज्ञान हुने गरी तालीम दिने विषयमा पनि छलफल भएको उनले बताए । 

विभागसँग रेल खरीदका लागि रु ५० करोड बजेट भए पनि प्रक्रिया पु¥याएर खरीद गर्दा एक वर्ष समय लाग्छ । त्यतिन्जेल लिजमा लिएर ३५ किमीमा रेल चलाउने विभागले जनाएको छ । 

यसका लागि छलफलका निष्कर्ष सरकारलाई दिई प्रक्रिया अघि बढ्ने उनको भनाइ छ । भारत सरकारको सहयोगमा कार्यान्वयन भइरहेको जनकपुर–जयनगर र जोगवनी–विराटनगर रेल आयोजनामा आइपरेका समस्याका बारेमा पनि बैठकमा छलफल भएकाले समाधानका लागि सहयोग पुग्ने विभागको भनाइ छ । 

रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ